Pages

Wednesday, November 5, 2014

रुकुममा राष्ट्रपती उत्कृष्ट कृर्षक पुरस्कार ३ जनालाई

प्रवीर ददेल कात्तिक १८, रुकुम । (अस) रुकुममा राष्ट्रपती उत्कृष्ट पुरस्कारवाट ३ जना कृर्षक पुरस्कृत भएका छन । ३४ औ विश्व खाद्य दिवस २०७१ को अवसरमा रुकुमका ३ जना किसानहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा खंलगा – ५ का मोहन खड्का, छिवाङ – १ का गोपालसिङ खड्का र चौखावाङ ४ की रमाकुमारी पुन रहेका छन । खड्का दुवै जना उत्कृष्ट ताजा तरकारी उत्पादन कृर्षक हुन । भने पुन फलफुल उत्पादन उत्कृष्ट कृर्षक भएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ । रुकुम सदरमुकाम खंलगाको मिलन केन्द्रमा भएको पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत किसानहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले नगत रु १० हजार रुपैया सहित प्रमाण पत्र ले सम्मान गर्नु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि रानाले पछिल्लो समयमा रासायनिक युक्त खाद्यवाली उत्पादन वढेकाले आर्गानिक खेती प्रणालीमा लाग्न किसानहरुलाई आग्रह गर्नु भएको थियो । यस वर्षको खाद्य दिवसको नारा पारिवारीक खेती ः सवैलाई खुवाऔँ, पृथ्वीलाई जोगाऔँ भन्ने रहेको छ । कार्यक्रममा माद्यामिक विद्यास्तरमा गराएको प्रतिस्प्रर्धामा उत्कृष्ट निवन्ध लेखनमा ४ जना विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा प्रमेप्रकाश ओली, सोनी, खड्का, युवराज धिताल, र दिपक गीरी क्रमश चतुर्थ देखी प्रथम स्थान हासील गरेका छन । निवन्ध लेखन प्रतियोगिता जिल्ला स्तरका माद्रयमिक विद्यालयमा प्रतिर्सप्रधा गराएको जिल्ला कृषि विकास कार्यालय रुकुमका वरिष्ठ कृषि विकास अधिकारी सहदेवप्रसाद हुमागाईले वताए । उनले भने, यो उत्कृष्ट कृर्षक पुरस्कार र निवन्ध लेखनले व्यवसायिक तथा आर्गानिक खेती प्रणालीमा जोड दिने जनाए ।

No comments:

Post a Comment