Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » रुकुमका ४३ गाविस खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पौने ४ करोड खर्र्र्र्च

प्रवीर ददेल
पौष ७,रुकुम । रुकुमको ४३ गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पौने ४ करोड रुपैया खर्च भएको छ । जिल्लाका ४३ गाविस खुला दिशामुक्त क्षेत्र घोषणा गर्न ३ करोड ६८ लाख ६१ हजार  ८ सय ८९ रुपैया खर्च भएको जिल्ला खानेपानी तथा सरसफाई सवडिवीज कार्यालय रुकुमले जनाएको छ ।
जस अनुसार रेडक्रश सोसाईटी रुकुमको रु ७५ लाख रुपैया, जिल्ला विकास समितिको कार्यालय रुकुमको खुला दिशामुक्त क्षेत्र  घोषणा गर्ने गाविसहरुलाई पुरस्कार स्वरुप रु २३ लाख ५० हजार रुपैया, सार्वजनिक शौचालय निर्माणको लागि रु ३ लाख २० हजार रुपैँया, विद्यालयमा शौचालय निर्माण गर्न रु २ लाख ५० हजार रुपैया, युनिसेफको रु ५ लाख,  ४३ गाविसहरुले खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई सफल पार्न प्रत्येक गाविस रु १ लाख ५० हजार रुपैयाका दरले ६४ लाख ५० हजार रुपैया,  जिल्ला खानेपानी तथा सव डिवीजन कार्यालय रुकुमले रु १ करोड ३९ लाख २६ हजार ९ सय ६२ र युनिसेफ अन्र्तगत खानेपानीबाट खर्च भएको रु ५५ लाख ६४  हजार ९ सय २७ रुपैया गरि जम्मा रु ३ करोड ६८  लाख ६१हजार ८ सय ८९ रुपैया खर्च भएको तथ्याङले देखाएको छ ।
यसका साथै रुकुमका ४३ गाविसहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न रेडक्रश, रुकुमेली समाज विकास केन्द्र, डिप्रोेक्स नेपाल, केयर नेपाल समुदाय सहयोग कार्यक्रम, जिल्ला खानेपानी कार्यालय, जिल्ला विकास समिति कार्यालय, सम्वन्धित गाविसहरु र  युएमएन रुकुमका साझेदारी संस्था दलित सेवा संघ, नेपाल जनजागरण मञ्च, मिक नेपाल , खिष्टियन समाज विकास केन्द्र लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाहरुको प्राविधिक तथा भौतिक सहयोग रहेको जिल्ला विकास समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणि दाहालले  वताए । उनले भने, यसका साथै जिल्ला स्थित राजनैतिक दल, पत्रकार र स्थानीय वासीहरुले समेत सहयोग गरेका छन् ।
यसको कारण रुकुम  पौष ७  सोमवार  खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने हुन थालेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार रुकुम १८ औँ खुला दिशामुक्त क्षेत्र घोषणा जिल्ला  हुने भएको हो । यस्तै  मध्यपश्चिम विकास क्षेत्रको चौथो जिल्ला र राप्तीमा तेस्रो जिल्लाका रुपमा खुला दिशामुक्त जिल्ला घोषणा हुँदैँछ ।
२०६८ सालमा फागुन देखि चौखावाङ गाविसवाट सुरु गरिएको खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमले झण्डै ४ वर्ष पछि पूर्णता पाएको छ । आज हुने उद्द्याटन कार्यक्रममा उपप्रधान एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमको उद्द्याटन गर्ने जिल्ला विकास समितिको कार्यालय रुकुमले जनाएको छ । जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा  सरकारी तथा गैर सरकारी संस्था, राजनैतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र र सञ्चारकर्मीहरु तथा रुकुमवासीको योगदानवाट सफल भएको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले वताए । उनले भने, ‘रुकुमलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सम्पुर्ण रुकुमेलीको उत्तिकै महत्व रहेका जनाए ।’ खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई भव्य  र सभ्य रुपमा सफल वनाउन ८ वटा उप समिति गठन गरेर समेत घोषणा कार्यक्रमको प्रचार प्रसारलाई तिव्रता दिइएको थियो ।  जिल्लाको कुल घरधुरी सख्या ४३ हजार ८ सय ४५ घरधुरीमध्ये ९० घरधुरीमा पक्की र वाँकी १० प्रतिसत घरधुरीमा कच्ची शौचालय निर्माण गरिएको जिल्ला विकास समितिको कार्यालय रुकुमले जनाएको छ ।
खुला दिशामुक्त क्षेत्रलाई सफल पार्न सहयोग गर्ने संघ सस्था, राजनैतिकदल, सञ्चार क्षेत्र तथा सञ्चारकर्मीलाई सम्मान तथा कदर गर्ने खुला दिशामुक्त जिल्ला आयोजक समितिले जनाएको छ ।
जिल्ला घोषणा गर्न कत्ति खर्च हुदैँ छ ?
रुकुम जिल्ला लाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न रुकुममा रु १७ लाख २३ हजार रुपैया  विनियोजित गरिएको छ । जसमा जिल्ला विकास समिति रुकुमको रु ८ लाख रुपैया, खानेपानी तथा सरसफाई सव डिवीजन कार्यालयको २ लाख ५२ हजार ५ सय रुपैया, युनिसेफबाट रु ४ लाख रुपैया, खंलगा गाविसको रु १ लाख ४५ हजार रुपैया, पत्रकार महासंघ रुकुमको रु ५० हजार रुपैया, रेडक्रश रुकुमको रु २० हजार रुपैया रुकुमेली समाज विकास केन्द्रको रु ३० हजार ५ सय रुपैया र सिसीआई संस्थाको रु २५ हजार रुपैया गरि जम्मा १७ लाख २३ हजार रुपैया विनियोजित गरिएको जिल्ला विकास समितिको कार्यालय रुकुमले जानकारी दिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply