Pages

Monday, December 29, 2014

वादी परिवारले सभासदलाई सोधे - जमिन पायौँ, सविधान कहिले पाउछौँ ?


         
प्रवीर ददेल
पौष १०, रुकुम ।
रुकुम आठविसकोटका  सुकुम्वासी वादी परिवारलाई एकीकृत नेकपा माओवादी समानुपाती सभासद दलजित श्रीपालीले जमिन दिएका छन् । क्षेत्र विकास कोषको  आर्थिक वर्ष २०७१÷७२ को ९ लाख ३५ हजार रुपैया,  आठविसकोट गाविसको रु ७३ हजार रुपैया  र १४ घर सुकुम्बासी वादी परिवारले जम्मा गरेको रु १० हजारका दरले जम्मा गरेको रु १ लाख ४० हजार रुपैया गरि जम्मा ११ लाख ४८ हजार रुपैयाले १२ सय वर्गकिलोमिटर जग्गा खरिद गरेर वुधवार वादी परिवारलाई जमिन वितरण गरिएको  छ ।
 पुर्खौ देखि खोलाको किनार तथा  ओडारहरुमा वसेर माछा मारेर जिवनयापन गदै आएका वादी परिवार आफनो हातमा जग्गा धनी लालपुर्जा परेपछि खुसि भएका छन् । सम्पन्तीको नाममा कुखुरा समेत नभएका बादी परिवारको हातमा पहिलोपटक  जग्गाधनी लालपुर्जा परेपछि खुसि भएका हुन् ।
२०७० सालमा हामीलाई घर जग्गा दिनोस् हामी पनि लगानी गछौँ भनेर सकुम्वासी वादी विकास समुह गठन गरेर आठविसकोट २ राडि वजारका १४ घर परिवारले १ लाख ४० हजार रुपैया जम्मा गरि नेपाल वैक लिमिटेडमा वचत गरेका थिए । जम्मा गरेको एक वर्ष पछि उनीहरुले क्षेत्र विकास कोषको रुपैया , र गाविस र आफनो १० हजार रुपैयावाट जमिन खरिद गरेर वितरण गरिएको हो ।
 खोलाको किनारमा वसोवास गर्ने आठविसकोट २ का वादी परिवारहरु २०६३ साल देखि सार्वजनिक जग्गामा टहरा निर्माण गरेर वसोवास गदै आएका थिए ।
खोलामा माछा मारेर जिवनयापन गदैँ आएका वादी परिवारका पहिलोपटक जग्गाधनी लालपुर्जा हातमा परेपछि आखाँवाट आशु रसाएका थिए । घरजग्गा पाउने आशमा कति वादीहरु मरे, वल्ल हामीले पायौँ, सानो जमिन पायौँ, ५० वर्षीय वर्षे जसमती वादीले भनिन । कति वादीहरु खोलाको तिरमा मरे, कति ओडारमा उनले सम्झीन । अव भने आफनै घरमा मर्न पाईने भयो । लालपुर्जा पाउनेमा ८ वर्षे टुहुरा वालक पनि रहेका थिए ।  उनीले हातमा लालपुर्जा पाएपछि भकानीएर रुएका थिए । मेरो सहारा कोही छैन्, कसरी दिन विताउने ? उनको आखाँका आशुले सवैजनालाई स्तब्ध वनाएको थियो ।  उनीहरुलाई घर जग्गा दिने वहानामा धेरै सभासद भए, मन्त्री भए, जिवनस्तर फेरियो तर वादी परिवारको भने कहिलै फेरिएन । सधै खोलाको वास र माछाको आशमा जिवन विताए । अहिले भने सभासद दलजित श्रीपालीले सानो भएपनि सहयोग गरेका खुसि भएका छन् ।
 तर माघ ८ गते सविधान पाउँनेमा भने उनीहरुले शंका व्यक्त गरेका छन, उनीहरुले सभासद दलजित सेर्पालीलाई ‘जमिन दियौँ, सविधान कहिले दिन्छौ’ भनेर सोधेका थिए । हामी छिट्टै सहमतीको आधारमा सविधान निर्माण गर्ने र त्यो सुकुम्वासी, दलित, जनजाति, महिला अपाङ्गको पक्षमा वनाउन पहल गरेको जनाए ।  आठविसकोट २ राडि वजारका वादी परिवारको यसै वर्ष घर निर्माण गर्ने जिल्ला विकास समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणि दाहालले जनाए । उनले भने, पहिले १० घर छिट्टै निर्माण गरिने र वाकी ५ घर पनि यसै आर्थिक वर्षमा निर्माण गर्नेमा पहल गर्ने जनाए । यसका साथै रुकुमका १९ गाविसमा १सय ९९ घरधुरी सकुम्वासी वादी परिवार रहेको जनाएको छ । उनीहरुको पनि घर निर्माणका लागि नेपाल वैंक लि
जग्गा वितरण कार्यक्रममा सभासद दलजित सेर्पाली, एनेकपा माओवादीका अध्यक्ष गोपाल शर्मा अनल, नेपाली काङग्रेसका गंगाराम गौतम, नेकपा एममालेका चन्द्रवहादुर विश्वकर्मा, सयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्णबहादुर कसेरा, उत्पीडित जातीय मुक्ति समाजका खड्क वस्त्राकार , नेपाल दलित मुक्तिमोर्चाका  केन्द्रीय सदस्य रातो कामी,  वादी विकास समुहका अध्यक्ष मनवहादुर वादी, आठविसडाडागाउँका गाविस सचिव मानवहादुर खड्का,  नेपाल पत्रकार महासंघका सचिव सुरेन्द्र खत्रीलगायतका पत्रकार, राजनैतिक दल, स्थानीय वासी समेत उपस्थित रहेको थियो ।
मिटेड च.हि.न. खाता न ०७७०००८०४३०१ रु ३ लाख २५ हजार रुपैया वैकमा जम्मा छन । भने वादी घर निर्माणका लागि सहयोग गर्न समेत सबैजनालाई आग्रह समेत गरेको सकुमवासी वादी विकास समुहका अध्यक्ष मनवहादुर वादीले जनाए ।

No comments:

Post a Comment