Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » प्रवृति


लघुकथा
हरिप्रसाद भण्डारी


    सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिरको वरिपरि साना साना कुटिहरू थिए । कुटीमा योगी, सन्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमित रुपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण औधी सुन्दर र रमणीय थियो ।
    मन्दिर र कुटीहरूमा चढाएको फूल–प्रसाद खान पाइने हुँदा त्यस क्षेत्रमा मुसाहरूको विगविगी थियो । एक दुईटा बिराला पनि थिए तर सयौं मुसाका सामू बिरालाको संख्या नगन्य थियो ।
    मुसाहरूको बगालमा काले र खैरे नामका दुईटा मुसा थिए । दुवै साथी साथी थिए । औधी मिल्थे । एउटाको आनीबानी अर्कोलाई थाहा थियो । खेल्दा, डुल्दा वा चारो खोज्न जाँदा सधैं सँगै हुन्थे । युवा जोश थियो । प्रशस्त चारो पाइने हुँदा मोटाएर टुनुक्क परेका थिए ।
    घरी घरी बिरालाले दुःख दिने हुँदा दुवै हैरान थिए । बिरालाले फेला पा¥यो भने अकालमा मर्न सकिन्थ्यो । सधैं सतर्क भएर हिँड्थे ।
    बिरालाको फुर्ती देखेपछि काले मुसालाई बिरालो बन्ने इच्छा भयो । आफ्नो इच्छा साथीलाई सुनायो ।
    ‘जावो बिरालो !’ खैरेले भन्यो ।
    तैपनि कालेको मनमा बिरालो बन्ने इच्छा तीव्र हुँदै जान थाल्यो । बिरालोको फुर्ती देख्दा उसलाई ईस्र्या लागिरहेको थियो ।
    कुटीमा ठूला ज्ञानी र जादु गर्न सक्ने एउटा योगी थिए । कालेले उनलाई प्रशन्न पा¥यो र बिरालो बन्ने इच्छा जाहेर ग¥यो । योगीले आफ्नो योग बलका आधारमा कालेलाई केही समयका लागि जङ्गी ढाडे बिरालो बनाइ दिए ।
    ‘अहा, म बिरालो भएँ ! क्या मज्जा !’ ऊ खुसीले उफ्रियो, रमायो र वरपर दौडियो ।
    बिस्तारै भोकले च्याप्दै गयो । ‘अब केही खानुपर्छ ।’ यसो भन्दै ऊ आहाराको खोजीमा निस्कियो ।
    खैरे र उसका साथीहरूले देखे— काले बिरालो आहाराको खोजीमा उनीहरू बस्ने दुलोको बाहिर ढुकेर बसिरहेको थियो ।
+ + +
पुस ०५, २०६७
काठमाडांैँ



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply