Pages

Monday, January 19, 2015

रुकुमको नया अभियान ः दैनिक आठ घण्टा काम


प्रविर ददेल
माघ ५, रुकुम ।
रुकुममा ८ घण्टा कामको अभियान सुरु गरिएको छ । पछिल्लो समयमा हरेक क्षेत्रमा  काम गर्ने प्रवृत्ति घटीरहेको वेला जिल्ला स्थिती एक कार्यक्रमका सहभागीहरुले ८ घण्टा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
 शुक्रवार देखि जिल्ला सदरमुकाम खंलगाको शिशीर गेष्ट हाउसमा सञ्चालन गरिएको तिन दिने प्रभावकारी सेवा, विस्तार तथा व्यवस्थापनको लागि प्रशंसनीय खोज कार्यक्रममा सहभागीले देशको गरिबी घटाउन ८ घण्टा काम गर्ने प्रतिवद्धता जनाएको हुन ।
 पछिल्लो समयमा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्था, स्वास्थ्यकर्मी राजनैतिकदल, पत्रकार, शिक्षक, वुद्धीजिवी कृर्षकलगायतले आफनो कर्तव्य वोध गर्नु भन्दा दिनभरी बजारमा भौतारीने प्रचलन बढेपछि सबै क्षेत्रका रुकुमेलीहरुले एक दिनमा ८ घण्टा काम गर्ने अभियान सञ्चालन गर्ने स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जनाए । उनले भने, जिल्लामा सुशासन, एकीकृत विकास, पार्दशिता, समन्वय, सम्वन्ध विस्तार, प्रभावकारी सेवा प्रदान गरि जिल्लाको आर्थिक विकास तथा समृद्धि गर्न ८ घण्टा  काम अनिवार्य भएकाले यस्तो अभियान सञ्चालन गर्नु परेको जानकारी दिए ।
सरकारी काम कहीले जाला घाम भन्ने परिपार्टीमा हुर्केका कर्माचारी÷ शिक्षक ÷स्वास्थ्यकर्मी, कुरा गर्ने काम नगर्ने नेता, पत्रकार, नागरिक समाज सबै रुकुमेलीहरुले अब ८ घण्टा काम गरेर आत्मनिर्भर वन्ने भएका छन् । यसले काम खोज्दै विदेश जाने युवा युवतीहरुलाई समेत स्वदेशमै काम गर्ने वातावरण सृजना गर्ने छ । रुकुमका खेतीवारी वाझैँ रहने र विदेश पलायन हुने युवाहरुको संख्यामा वृद्धि भए सँगै रुकुमेली परनिर्भर बन्न थालेको छ । जसका कारण जिल्लाको अर्थतन्त्र वाहिरने गरेकाले  यस्तो  अभियान सञ्चालन गर्नु परेको  अधिकारी शर्माले बताए । सबै कर्मचारी, राजनैतिकदलहरु, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, बुद्धिजिवी आफनो जिम्मेवारी सँगै खेतीवारीमा समेत काम गर्ने नेकपा माओवादीका जिल्ला इन्र्चाज हस्तबहादुर केसीले जनाए । उनले भने, आत्मनिर्भरताको सुरुवात अब रुकुमबाट सञ्चालन हुने र सबै जिल्लाको विकासमा एक हुने प्रतिवद्धता जनाएका छन् ।
रुकुमको सबै क्षेत्रमा ८ घण्टा काम अभियान सञ्चालन गर्न ८ वुँदे प्रतिवद्धता समेत जाहेर गरिएको छ । प्रतिवद्धतामा कुनैपनि रुकुमेलीहरुले ८ घण्टा काम नगरेर साँझ विहानको खाना नखाने प्रतिवद्धता जनाएका छन् ।  पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजना समन्वय इकाई, नेपालगञ्जको आयोजनामा सञ्चालन गरेको सो कार्यक्रममा नरबहादुर कार्कीले सहजीकरण गरेका थिए ।  सरकारी कार्यालयका प्रमुख,  राजनैतिक दलका प्रतिनिधि, पत्रकार, स्वाथ्यकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थित रहेको थियो ।

No comments:

Post a Comment