मुसीकोट नगरपालिकामा १७ करोडमा खानेपानी योजना निमार्ण हुदैँ
माघ देखि काम सुरु हुने
प्रवीर ददेल
पौष १९, रुकुम ।
मुसीकोट नगरपालिकाको क्षेत्र भित्रका व्यापारी केन्द्रहरुमा मागअनुसार खानेपानीको आपुर्ति गर्नेगरी करीव साढे १७ करोड रुपैयाको लगानीमा नमूना खानेपानी आयोजना निर्माण हुने भएको छ ।
नेपाल सरकारको ११ करोड ८७ लाख १४ हजार ७ सय ९६ रुपैया ८५ पैसा, नगर विकासको ऋण स्वरुप रु ४ करोड २३ लाख ९८ हजार १ सय ४१ रुपैया ४३ पैसा र समुदायको ५ प्रतिसत नगद रु ८४ लाख ७९ हजार ६ सय २८ रुपैया ३५ पैसा गरि जम्मा १६ करोड ९५ लाख ९२ हजार ५ सय ६६ रुपैया ९३ पैसाको लगानीमा मुसीकोट नगरपालिका क्षेत्र भित्र नमूना खानेपानी आयोजना निर्माण गरिने खानेपानी उपभोक्ता समितिका सचिव केदारसिङ गौतमले जानकारी दिए । उनले भने, खानेपानी आयोजना मार्फत मुसीकोट नगरपालिकाका वडा नं १, २ र ४ वडाका १ हजार १ सय १३ घरधुरीमा खानेपानीको सहज पहुँच पु¥याइने भएको छ । खानेपानी योजना मार्फत नीजि धारा १ हजार ५७ वटा, इन्टेक ३ वटा, पानी प्रशोधन केन्द्र ३ वटा, सार्वजनिक सौचालय ३ वटा, स्लज डाइन वेस ५ वटा, फोहरमैला व्यवस्थापन क्षेत्र १ वटालगायतको क्षेत्रको निमार्ण गरिने खानेपानी उपभोक्ता महासंघ अध्यक्ष महेन्द्र केसीले वताए । बड्दो जनसङख्याको चाप, खानेपानीको बर्Èेनी बढ्दो माग, सहरीकरण तथा पुर्वाधार विकासलाई लÔित गरी उक्त खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।
अहिले मुसीकोट नगरपालिकाको नमूना खानेपानी योजना निर्माण सेवा क्षेत्र भित्र दैनिक करिव ६० लाख लिटर खानेपनीको माग रहेकोमा २५ देखी ३० लाख लिटरसम्म मात्र आपुति हु“दै आएको अध्यÔ के.सीले जनाए ।
आयोजना अन्र्तगत ढल निकास,ढल व्यवस्थापन,डम्पीङ साईड निर्माण तथा व्यवस्थापन,सौचालय निर्माण र ढल प्रसोधनका कामहरु हुनेछन् । त्यस्तै अति गरीव तथा विपन्न समुदायको लागी निशुल्क खानेपानी लगायतका अन्य उपआयोजनाहरु पनि संचालन गरिने छ । सा“खको पानीखोला, खंलगा टिम्मुर खोला, घ्यु खोला र लहरा भिजाउने खोलाको मुहानबाट पानी ल्याई मुसीकोट नगरपालिका भित्र खानेपानीको आपुर्ति गरिने छ । यो आयोजना जिल्लाकै नमूना र उत्कृष्ट आयोजना बन्ने र २० बर्È पछि हुने खानेपानी अभावलाई समेत मध्यनजर गरी काम यही माघ महिना देखि सुरु गरिने छ । आयोजनामा भौतिक योजना तथा निर्माण मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग,साना सहरी खानेपानी आयोजना,नगर विकास कोेÈ लगायतको संलग्नता रहने जनाइएको छ ।
‘आयोजनाको बिस्तृत सर्भे तथा प्राबिधिक मुल्याङ्कन काम गर्ने सम्झौता समेत भइसकेको छ । भने माघ महिनादेखि काम सुरु गर्ने र आर्थिक वर्ष २०७३ ÷७४ मा निमार्ण गर्ने गरि कनकाई निर्माण कम्पनीले निर्माण जिम्मा पाएको जनाएको छ
No comments:
Post a Comment