
सतप्रतिसत सहमती कहिल्यै नहुँने नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद रविन्द्र अधिकारीले बताएका छन् ।
रुकुम सदरमुकाम खंलगा स्थित जिल्ला विकास समितिको सभाहलमा विहिवार प्रेस चौतारी रुकुमले गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । एमाओवादी लगायत ३० दलिय मोर्चाले सहमतीको नाममा आँखा सत्तामा कुरा संविधानका गरेर अन्यौल बनाएको तिर लक्षित गदैँ यस्तो धारणा राखेका हुन् । नेताहरु विचको झगडा, सत्ताको लडाइका कारण संविधान निर्माण प्रक्रिया अवरोध भएको बताएको जनाएका छन् ।
सविधान निर्माणको लागि उच्चतम सहमतिको प्रयास गर्ने नभए प्रक्रियाबाट नै भएपनि संविधान जारी गर्ने स्पष्ट पारे । नेकपा एमाले सरकार परिवर्तनको पक्षमा नभएपनि सत्ताकै कारण संविधान नवन्ने अवस्था आए राष्ट्रिय सरकार गठन गर्न सकिने विचार राखेका थिए । १२ वर्षे शसस्त्र द्धन्दको क्रममा ज्यान गुमाएका, अपाङ्ग, विस्थापीतले राहत छिट्टै पहल गर्ने समेत जनाएका छन् । संसदीय समिति अन्र्तगत विकास समितिका संयोज समेत रहेका अधिकारीले हचुवाको भरमा नगरपालिका घोषणा भएको र यसको विकासको लागि विशेष योजना तथा कार्यक्रम सञ्चालन गर्ने समेत जनाएका छन् । देशको विकास गर्न पर्यटकीय, जडिवुटी, कृषि, जलस्रोतलगायतको सम्भाव्यताको अध्ययन गरेर विकासलाई जोड दिने बताए ।
सतप्रतिसत सहमती हुँदैन ः अधिकारी
Tag:






No comments: