Pages

Monday, March 2, 2015

रुकुममा किशोरी आमाको संख्या बढ्यो



प्रविर ददेल
रुकुम ।  जिल्लामा कलिलै उमेरमा आमा बन्नेको संख्यामा बृद्धी भएको छ । बिहेवारी बीस वर्ष पारी भन्ने गरिए पनि रुकुममा  किशोरी अवस्थामा नै आमा बन्ने  संख्या बढ्दो रहेको  जिल्ला स्वास्थय कार्यालयको तथ्याङ्कमा देखाएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका महिलाहरुको उमेर हेर्दा यस्तो अवस्था देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुममा चालु आर्थिक वर्ष  २०७१÷७२ को सात महिनामा जिल्ला स्वास्थ्य कार्यालय रुकुममा सुत्केरी हुन आएका महिलाहरु जम्मा ३ सय ३१ जना मध्ये १ सय १५ जना महिला २० वर्ष मुनीका रहको जिल्ला स्वास्थय कार्यालय रुकुमका बरिष्ठ डा. भोजराज गौतमले जनाए ।
उनले  भने, २ सय १६ जना महिला मात्र २० वर्ष भन्दा माथि उमेर रहेका छन् । रुकुममा  अधिकास महिलाहरु  २० वर्षमा ३ वटा वच्चा सम्म पाउने गरेको डा. गौतमले जनाए ।   विशेष गरी समाजिक कुसस्कारका, स्वास्थ्य सम्बन्धि ज्ञान तथा चेतना नहुँदा रुकुममा बालविवाह बढ्दो रहेको र कलिलैमा आमा बन्ने संख्या बढेको हो  ।
कलिलैमा आमा बन्दा विशेषगरी रुकुममा जनसंख्या वृद्धि, बहुविवाह,  आमा र वच्चामा स्वास्थ्य समस्या हुने गरेको छ । भने गर्भपतन गर्ने संख्यामा समेत बढेको जिल्ला स्वास्थ कार्यालय रुकुमले जनाएको छ । विशेषगरी बैदेशिक रोजगारीमा गएका परिवारका महिलाहरु समेत अनैतिक क्रियाकलापबाट गर्भ रहन गएको र जोखिमपूर्ण तरिकाले गर्भपन गर्ने गरेको पाइएको छ । नेपाल सरकारले गर्भपतन गर्न निश्चित मापदण्ड निधारण गरेपनि रुकुममा रहेका मेडिकल तथा औषधि पसलले अबैध रुपमा गर्भपतन गर्ने गरेको पाइएको छ ।

No comments:

Post a Comment