Pages

Monday, April 20, 2015

एमाओवादी सुर्धिन वा सिधिन तयार हुनुपर्दछ ः पाण्डेय



रेखदेख संवाददाता  रुकुम ।
 (मुसिकोट) नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद बद्रि पाण्डेयले एकीकृत नेकपा माओवादी सुर्धिन वा सिधिन तयार हुनुपर्ने वताएका छन् । १२ वर्षे सशस्त्र द्धन्दपछि मुलधारको राजनीतिमा प्रवेश गरेको माओवादी अझै युद्ध तथा आन्दोलल धम्की दिदै जनताहरुलाई दुःख दिएको प्रति लक्षित गदैँ एमाओवादी आफनो आनीवानी सुधार गरेर अगाडि वढ्न आग्रह गरेका हुन् । शान्ति प्रक्रिया, संविधान निर्माण, गणतन्त्र संस्थागत र धर्म निरपेक्ष जस्तो महत्वपूर्ण  विषयलाई सस्थागत गर्न भन्दा आन्दोलनको धम्की दिने माओवादी संविधान निर्माणमा अवरोध पु¥याए सिधीएर जाने जनाएका छन् । 
नेपाल निजामती कर्मचारी युनियन राप्ती अञ्चल समन्वय समितिको रुकुम सदरमुकाम मुसिकोटमा शनिवार भएको राप्ती  भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो धारणा राखेका हुन् । लोकतान्त्रीक पद्धतीमा  राजनीति युद्ध, आन्दोलन, डर धम्की तथा टाउको काटेर होईन  टाउको गनेर गर्नुपर्ने अवस्थामा आन्दोलन तथा डर, धम्की दिने जस्ता क्रियाकलापले माओवादीनै घात हुने कुरामा जोड दिएका छन् । राष्ट्र सेवक कर्मचारीहरुले देश विकासमा उल्लेखनीय कार्य गरेका भन्दैँ पाण्डेयले संधिान निर्माण संगै कर्मचारी लाई काम गर्न उच्च मनोवल प्रदान गर्नु पर्ने धारणा समेत राखेका छन् ।
 कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष सरोजकुमार देवकोटा, पूर्व सहायक राज्य मन्त्री केशमान रोका, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमप्रकास ओली, कृष्णबहादुर रोकाय, नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव हर्कसिंह खत्री, सहसचिव भिमबहादुर खड्का, खड्क डांगी, लालवहादुर ओली लगायत राप्ती अञ्चलका १५० भन्दा वढी निजामती कर्मचारीहरुको उपस्थित रहेका थियो । कार्यक्रमको सञ्चालन शुसिल विष्टले गरेका थिए ।

No comments:

Post a Comment