भुकम्पको केन्द्र पनि जाजरकोट
रेखदेख संवाददाता ।
जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार साँझ मध्यपश्चिम क्षेत्रमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलवार साँझ ७ बजेर ४७ मिनेटमा ५।१ रेक्टर स्केलको भूकम्प गएको हो ।
अन्तरराष्ट्रिय भूकम्प मापन केन्द्रहरु बाट प्राप्त जानकारी अनुसार भूकम्पको केन्द्र बिन्दु जमिनको सतह भन्दा ३९।८ किलोमिटर मुनि रहेको छ। भूकम्पले मध्यपश्चिमका जिल्लामा कम्पन ल्याएको केन्द्रले जनाएको छ। जाजरकोटको जिल्लाको ढिम गाविस आसपासमा भूकम्पको केन्द्रबिन्दु रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प आएपछि त्रसित स्थानीयहरु घर छोडेर बाहिर भागेका थिए। अहिलेसम्म कुनै मानवीय क्षति भए नभएको जानकारी भने आउन सकेको छैन् ।
No comments:
Post a Comment