Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » पत्रकारको स्थापना दिवस तकसेरामा

रेखदेख संवाददाता ।
नेपाल पत्रकार महासंघको ६० औँ स्थापना दिवस तकसेरामा मनाएको छ । पूर्वी क्षेत्रको पर्यटन विकासका लागि आगामी बैशाख १ देखि ५ गतेसम्म तकसेरामा हुन लागेको आदिवासी जनजाति कला साँस्कृतिक महोत्सवको प्रचार प्रसारमा सहयोग पु¥याई उद्देश्यले पत्रकार महासंघको स्थापना दिवस  अन्र्तगत तकसेरामा महासंघको समन्वयात्मक बैठक बसेको हो  ।  बैठकले तकसेरा लगायत रुकुम जिल्लाको पूर्वी विकट गाविसको विकासका लागि जिल्लास्थित सरोकारवालाको ध्यानाकर्षण गराउन एक अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । महोत्सवलाई भव्य रुपले सफल बनाउन पत्रकारहरुको तर्फबाट प्रचार प्रसार कार्यलाई तिव्रता दिने र महोत्सव समापनपछि सल्लाहसुझाव र पृष्ठपोषण दिने निर्णय गरिएको छ  ।
स्थापना दिवसको सन्दर्भ पारेर बसेको उक्त बैठकले नेपाल पत्रकार महासंघ रुकुमका शाखाको भवन निर्माण कार्य यथासिघ्र अगाडि बढाउने, जिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धनमा साझेदारीको भूमिका निर्वाह गर्ने जनाएको छ ।
नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनको अध्यक्षता र सचिव सुरेन्द्र खत्रीको सञ्चालन रहेको उक्त बैठकमा नेपाल पत्रकार महासँघ रुकुमका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायणकुमार शाह, महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष सतमान पुन, महासचिव जुद्ध बुढामगर, अन्य पदाधिकारी तथा सदस्य, पत्रकार महासंघ रुकुमका पदाधिकारी एवं सदस्य, पर्यटन सूचना केन्द्र रुकुमका प्रतिनिधि गोपाल केसी, युवा समन्वय समिति रुकुमका अध्यक्ष भिमराज खड्का, स्थानीय बुद्धिजीवि समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply