प्रविर ददेल रुकुम । सशस्त्र द्धन्दको समयमा सबै भन्दा वढी चर्चा र मानवीय क्षती भएको गाविस खारा विकास निर्माणमा नमूना बन्न थालेको छ । जिल्लाको खारा गाविस शान्ति स्थापना सँगै विकास निर्माणले गति लिएपछि नमूना बन्न थालेको हो । शान्ति स्थापना सँगै खारा गाविसमा खानेपानी तथा सरसफाई, लघुजल विद्युत आयोजना, विद्यालय भवन र वस्ती वस्तीमा पुगेको सडक बाटोले खारा गाविसको समग्र विकास हुन थालेको हो । जसले द्धन्दको घाउमा विकासको मलम लगाउने काम गरेको गाविस सचिव रुद्र देवकोटले जनाए । उनले भने, शान्ति स्थापना सँगै खाराको समग्र विकास निर्माणले तिव्रता पाएको छ । यसै अन्र्तगत खारा गाविसमा सबैजसो वडाहरुमा सडक सुविधा पुगेको छ । नेपाल सरकारले द्वन्द्वको घाउ मेटाउन जिल्लाको खारा गाविसमा नमूना वस्ती विकास कार्यक्रम सञ्चालन गरे सँगै सडक निर्माण ओजनाले तिव्रता पाएको हो । जसमा सिम्रुतुु –खुम्चेरी सडक खण्ड आयोजना, लामाखेत –तमकछरे सडक आयोजना, झुल्नेटा –खुम्चेरी सडक आयोजना, खारानेटा –पूर्णगाउँ कृषि सडक खण्ड र जिवाङ्ग– खाल्तीखोला सडक आयोजना निर्माणधिन रहेका छन् । यसका साथै रगत वग्ने खोलामा विद्युत बल्न थालेका छन् । रुकुम उज्योलो कार्यक्रम अन्र्तगत खारा गाविसमा विद्युत निर्माण आयोजनाले समेत तिव्रता पाएको छ । खारा गाविसमा ४ वटा जलविद्युत ओजना निर्माणधिन रहेका छन् । जसमा २० किलोवाटको झारवाङ चङखेरीखोला लघुजलविद्युत आयोजनाल खारा गाविसका ४,५,६ र ९ वडामा विद्युत सेवा विस्तार गरेको छ । ९८ लाख ६१ जर रुपैया यसका साथै १७ किलोवाटको पीपलबोट लघुजलविद्युत आयोजना १, ७ र ९ वडालाई उज्यालो बनाएको स्थानीय वासी लालवहादुर ओलीले जनाए । १२ किलोवाटको पुतलीबास लघुजलविद्युत आयोजना र ४ किलोवाटको छहरी खोला लघु जलविद्युत ओजनाले १, ४ र ५ ९ वडाहरुको वस्तीमा विद्युत सेवा पुग्ने छ । निर्माणधिन लघुजलविद्युत आयोजनाहरुले खारा गाविसका सम्पूर्ण वस्तीमा उज्यालो वनाउने गाविस सचिव देवकोटाले वताए । खारा गाविसमा लघु जलविद्युत आयोजनमा सवा करोड र सडक निर्माणमा २ भन्दा वढी लगानी गरिएको छ जिल्ला विकास समिति रुकुमले जनाएको छ । द्धन्दको वेला खारा गाविसमा करिव १७ जनाको मृत्यु र दजनौ घाईते भएका थिए । भने खारा आक्रमणले खारावासीलाई सन्त्रासमा पारेको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» द्धन्दको घाउमा विकासको मलम
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
प्रविर ददेल साउन २२, रुकुम । समाचार संकलनमा लागि जिल्ला अस्पताल पुगेका पत्रकारमाथी प्रहरीले दुव्र्यवहार गरेको छ । शुक्रवार साँझ जिल्ल...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
रुकुममा मतगणना जारी प्रवीर ददेल जेठ १ रुकुम । रुकुमका मतगणना जारी रहेको छ । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन मतगणना जारी रहेको ह...
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
No comments: