Pages
▼
Monday, May 25, 2015
रुकुमको प्वाङ गाविस पनि छुवाछूत मुक्त
चिना वि.क.
रेखदेख संवाददाता ।
रुकुमको प्वाङ गाविस पनि छुवाछूत मुक्त नमूना गाविस घोषणा भएको छ । जेठ ६ गते (बुधवार) प्वाङ गाविसलाई जिल्लाको तेस्रो जातीय छुवाछूत नमूना गाविस घोषणा गरिएको हो । जातीय छुवाछूत सम्वन्धी तयार पारिएका सूचकहरुको आधारमा अनुगमन तथा मुल्याङ्कन गर्दा जातीय विभेद नदेखिपछि प्वाङ गाविसलाई जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा गरिएको छ । “जातीय छुवाछुत मुक्त प्वाङ गाविसको सान, सम्मान र सम्मानजनक व्यवहार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ प्वाङ गाविससलाई जातीय छुवाछुत मुक्त क्षेत्र घोषणा गरिएको छ । ११ वुँदे सूचकहरुको पूर्णरुपमा कार्यन्वयन भएको देखिएपछि गाविसलाई जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा गरिएको गाविस सचिव उदिराम रोकाले जनाए । घोषणा कार्यक्रमलाई सम्बोधन गदैँ राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले जातीय छुवाछूत घोषणा सँगै कार्यन्वयन पक्षलाई जोड दिन प्वाङवासीलाई आग्रह गरेका छन् । राष्ट्रले २०२० सालको मुलुकी ऐनमा जातीय विभेद गर्न कानुनी वन्देज लगाएपनि कार्यन्वयन पक्ष फितलो भएका कारण समस्या रहेकोले अहिले रुकुमबाट घोषणा सँगै कार्यन्वयन गर्ने अभियानमा लाग्न सम्पूर्ण सरोकारवाला निकाय एकजुट भएर लाग्नु पर्ने बताए ।
जातीय छुवाछूत मुक्त घोषणा गर्नु मात्र ठुलो होईन, कार्यन्वयन गरेर सभ्य समाजको परिकल्पना गर्नु नै महत्वपूर्ण विषय रहेको ठोकुवा गरे । दलितहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा आय आर्जनमा बृद्धि गर्न दलित बस्ती विकास कार्यक्रमलाई प्रभाकारी रुपमा अगाडि वढाउन पहल गर्ने जनाए । कार्यक्रमका विशेष अतिथि तथा वादी विकास कार्यक्रमका अध्यक्ष पुस्प वादीले १२ वर्षे द्धन्दले जातीय विभेदलाई केही न्यूनीकरण गरेको कारण आज प्वाङ जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा भएको खुसि भएको जानकारी गराए ।
यस्तै कार्यक्रममा वोल्दै विशेष अतिथि चिन्तामनी दाहालले प्वाङ गाविस जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा भएकोले जिल्ला विकास समिति रुकुमले पुरस्कार स्वरुप रु ५० हजार प्रदान गर्ने र दलित विकास कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिए ।
कार्यक्रममा जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष टेकबहादुर नेपाली, नेपाल पत्रकार महासंघ रुकुमका कोषाध्यक्ष लक्ष्मण केसी, नेपाली कांग्रेसका भिमबहादुर खड्का, नेकपा एमालेका ठकेन्द्र पुरी, एमाओवादीका किरण शाहलगायत जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, दलित अधिकारी कर्मीहरुले शुभकामना मन्तव्य राखेका थिए । भने रुकुमका कलाकार टीमहरु गित संगीतवाट चेतनाको सन्देश प्रस्तुत गरेका थिए । कलाकारहरुमा अमित परियार, अजय परियार, प्रकाश रन्कालगायतका कलाकर्मीहरुको उपस्थित रहेका थियो ।
मन्तव्य राख्ने र कलाकार टिमहरुले गित संगित मार्फत जातीय छुवाछूत घोषणा सँगै कार्यन्वयनमा पक्षमा जोड दिएका थिए । प्वाङ जातीय छुवाछूत सँगै पूर्ण खोप सुनिश्चत गाविस समेत घोषणा गरएको छ ।
No comments:
Post a Comment