प्रविर ददेल रुकुम । गत बैशाख १२ र २९ गते गएको महा विनासकारी भुकम्पले रुकुममा पु¥याएको क्षती भन्दा तथ्याङ्क बढी संकलन भएको आशंका गरिएको छ । तथ्याङ्कमा जिल्लाका सरकारी भवन देखि सर्बसाधारणहरुका घरमा ठुलो क्षती पुगेको देखिएको हो । रुकुमका ४१ गाविस र १ नगरपालिका १ सय ३६ घर पूर्णरुपमा क्षती पुगेको जिल्ला दैबीक प्रकोप उद्धार समितिका अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जनाए । उनले भने, जिल्लाका ९ सय ७६ घर आंशिकरुपमा क्षती भएको छ । भने सरकारी संरचना समेत ठुलो क्षती देखिएको छ । जसमा सल्ले विमान स्थल, जिल्ला अस्पताल, देवीदल गण, जिल्ला कारागार, जिल्ला प्रशासन कार्यालय, को.ले.नि.का., जिल्ला हुलाक, मुसिकोट बहुमुखी क्यापस, जिल्ला शिक्षा कार्यालय, र गाविस कार्यालय, स्वास्थ्य चौकीलगायतका १६ सरकारी संरचनाहरुमा क्षती पुगेको जनाईएको छ । बिनाशकारी भुकम्पका कारण सबै भन्दा बढी मग्मा र जाङ गाविसमा वढी क्षती पुगेको जिल्ला प्रशासन कार्यालय रुकुमको तथ्याङ्कमा देखाएको छ । जसमा मग्मा २९ घर पूर्ण रुपमा क्षती भएको छ । भने, १ सय ३१ घरमा आशिक रुपमा क्षती जनाएको छ । यसका साथै जाङमा १८ घर पूर्ण रुपमा क्षती पुगेको देखाएको छ । जिल्लामा बैशाख १२ र २९ गते गएको महाभुकम्पका कारण क्षती विवरण सोचे भन्दा बढी आएको आशंकामा जिल्ला स्थित प्राविधिक सहितको टोली भुकम्पको क्षतीको अनुगमन तथा मुल्याङकन गर्न गाँउ गाउँ पुगेको छ । अत्याधिक क्षतीको विवरण जिल्ला प्रशासन कार्यालय रुकुममा आएपछि अनुगमन गर्न जिल्ला दैवीक प्रकोप उद्दार समितिले रुकुमका ४१ गविस र १ नगरपालिकाका सबै वडाहरुमा पुग्न प्राविधिक, गाविस सचिव र प्रहरी सहितको १२ टोली गाउँ पठाएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ । गाउँ पुगेको टोलीले जेठ दोस्रो तेस्रोसाता सम्म रिर्पोट बुझाउने र सहि तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ । भुकम्पको क्षतीको अनुगमन गर्न खारा गाविस पुगेका प्राविधिक विकास विष्टले नभत्केका घरको समेत क्षती भएको तथ्याङ्कमा नाम रहेको रेखदेखलाई जनाएका छन् । यस अघि गाविस कार्यालय र प्रहरी कार्यालय मार्फत तथ्याङ्क संकलन गरेका थिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» भुकम्पको क्षती भन्दा तथ्याङ्क बढीको आशंका
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
प्रविर ददेल साउन २२, रुकुम । समाचार संकलनमा लागि जिल्ला अस्पताल पुगेका पत्रकारमाथी प्रहरीले दुव्र्यवहार गरेको छ । शुक्रवार साँझ जिल्ल...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
रुकुममा मतगणना जारी प्रवीर ददेल जेठ १ रुकुम । रुकुमका मतगणना जारी रहेको छ । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन मतगणना जारी रहेको ह...
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
No comments: