Pages

Wednesday, May 13, 2015

‘परम्परागत भन्दा आधुनिक व्यवसायमा लगानी गरौ’

रेखदेख संवाददाता रुँघा रुकुम । राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा गरिबी निबारण कोषका बोर्ड सदस्य मानबहादुर नेपालीले परम्परागत भन्दा आधुनिक व्यवसायमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार जिल्लाको रुँघा गाविसमा गरिबी निबारण कोषको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित सामुदायीक संस्थाहरुको अनुगमन कार्यक्रममा यस्तो धारणा राखेका हुन् । परम्परागत खेती प्रणाली भन्दा आधुनिक किसीमको व्यवसायबाट आर्थिक लाभ हुने भएको र यसबाट गरिबी न्यूनीकरण हुने भन्दै नेपालीले भौगलिक बनावटको आधारमा नगदेवालीको खेती तथा व्यवसाय गर्न अनुरोध गरेका हुन् । विशेषगरी रुँघा गाविस सडक सञ्जालको पहुँच पुगेको हुँदा नगदेबाली अन्र्तगत केराखेती, व्यवसायीक तरकारी खेती, जडिबुटी खेती अन्र्तगत टिम्मुर, अदुवा, बेसार, सुन्तलालगायतका खेती प्रणाली अपनाएर जीवनस्तर सुधार गर्न गरिबी निबारण कोषद्धारा सञ्चालित सामुदायीक संस्थाहरुका सदस्यहरुलाई सुझाव दिएका छन् । अहिले गाउँ गाउँमा सडक सञ्जाल पुगेको र जिल्ला बाहिरबाट आउने मालबाह गाडिहरु रित्तै फकर्नुले रुकुमको गरिबी न्यूनीकरण नहुँने भन्दै माटो सुहाउदो ब्यवसाय गरि आर्थिक लाभ लिन रुँघा गाविसमा सञ्चालित सामुदायीक संस्थाहरुलाई उत्साहित बनाएका थिए । बिशेषगरी भैसीपालन, बाख्रापालन, गाईपालन, जस्ता ब्यबसायलाई पनि आधुनिक तथा उन्नत किसिमले पालन गरेर आर्थिक लाभ लिन सकिने भएको हुँदा यस तर्फ लाग्न सुझाव दिएका छन् । रुँघा गाविसमा गरिबी निबारण कोष द्धारा सञ्चालित २३ वटा साुमदायीक संस्था रहेका छन् । जसमा ९ वटा सामुदायीक संस्थामा गरिबी निबारण कोषको अनुदान प्राप्त भई आय आर्जन लगानी गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जनाए । उनले भने, १४ ओटा सामुदायीक संस्थामा आय आर्जनको लागि रकम आउँन बाँकी रहेका छ । रुँघा गाविसमा हाल सम्म ३७ लाख आय आर्जन तर्फ र ५३ लाख भौतिक पूर्वाधार निर्माण तर्फ लगानी भएको अध्यक्ष नेपालीले जनाए । भौतिक पूर्बाधार अन्र्तगत विद्यालय भवन र खानेपानी आयोजना सञ्चालन गरिएको छ । अनुगमन कार्यक्रममा रुकुमेली समाज विकास केन्द्र कार्यक्रमले

No comments:

Post a Comment