Pages

Tuesday, June 16, 2015

गाउँलेको लगानीमा १२ किलोवाट क्षमताको विद्युत निर्माण

प्रशान्त बटाला आठविसडाडागाउँ गाउँलेको लगानीमा १२ किलोवाट क्षमताको विद्युत निर्माण भएको छ । आठविसडाडागाउँ १ का स्थानीयवासीले रु ३० लाख रुपैयाको लगानी र करिब ४ हजार दिन बरावरको जनश्रमदानबाट १२ किलोवाट क्षमताकोे भित्रीखोला लघुजल विद्युत आयोजना निर्माण गरेका हुन् । बत्ति निर्माण पछि आठविसडाडागाउँ १ का करिव ५ सय घरधुरीले अध्याँरोवाट मुक्ति पाउने भित्रिखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष गोरखबहादुर शाहीले जनाए । उनले भने, ‘सरकारी मुख ताक्दा बषौँ अध्यारोमा बस्नु प¥यो आफनै लगानीबाट १२ किलोवाट क्षमताको विद्युत निर्माण गरेका हौँ ।’ आठविसडाडागाउँ प्रत्येक घरधुरीले रु ३ हजार रुपैया नगत र ५ देखि ८ दिन सम्मको जनश्रमदानबाट विद्युत निर्माण गरिएको जनाएको छ । जेठ दोस्रो सातादेखि निर्माण कार्य सुरु गरिएको विद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको विद्युत उपभोक्ता समितिले जनाएको छ । भने असार पहिलो साता बत्ति बल्ने उपभोक्ता समितिका सचिब अमितकुमार नेपालीले जनाए । रुकुममा धेरैजसो गाविसमा रुकुम उज्यालो कार्यक्रम मार्फत विद्युत निर्माण गरिएपनि सरकारी वेवास्ताका कारण आठविसडाडागाउँ गाविसमा विद्युत निर्माण हुन सकेको थिए ।’ तर स्थानीयले आफनै लगानीमा विद्युत निर्माण गरेर पहिलो पटक बत्ति बल्दा खुसि भएका छन् ।

No comments:

Post a Comment