रेखदेख संवाददाता । रुकुमको जिल्ला स्वास्थ्य कार्यालय नै अस्वस्थ देखिएको छ । विरामीहरुलाई स्वस्थ बनाउने जिम्मा पाएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम नै अस्वस्थ बनेको हो । जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्घन तथा क्षेत्रभित्र फोहरमैला बढेपछि अस्वस्थ बनेको स्थानीले गुनासो गरेका छन् । नेपाल सरकारले सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवन विक्री वितरण गर्न रोक लगाएपनि जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्गनमा सुर्ति, चुरोट, भोला, चाउचाउ, विष्कुटलगातयतका प्लाष्टिकले भरिएको छ । भने स्वास्थ्य कार्यालयको धारामा झुठो भात, फोहर पानी जमेको, झिंगा भन्नेको गरेका छन् । भने सौचालयमा प्रयोग हुने आवश्यक पर्ने सामाग्री समेत नभएको छिवाङ– ३ का एक विरामीले जनाए । उनले भने, ‘स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा सरसफाईको आधारभुक्त मापदण्ड समेत पुरा गरेको छैन् ।’ भने सौचालयमा प्रयोग हुने वाल्टीन, जग, फिनेल, हात धुने साबुनजस्ता सामाग्री नै नभएको जनाए । यसले समग्र जिल्लाको सरसफाईको अवस्था र स्वास्थ्य क्षेत्रको बेज्जत गरेको छ । स्वास्थ्य क्षेत्रको बातावरण दुर्गन्धित बन्दै गएको एक विरामीले जनाए । फोहरका कारण शौचालयमा नाकमुख थुनेर जान बाध्य रहेको सेवाग्राहीले गुनासो गरेका छन् । ‘जिल्ला स्वास्थ्य कार्यालयको समग्र वातावरण स्वस्थ मान्छे नै विरामी हुने खालको रहेको जनाएको छ ।’ वर्षेनी सरसफाईकै क्षेत्रमा करोडौँ रकम खर्चिने स्वास्थ्य कार्यालय आफनै क्षेत्रभित्र सरसफाई नगरेर दुर्गन्ध फैलाएको स्थानीयले गुनासो गरेका छन्् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» ‘अस्वस्थ’ जिल्ला स्वास्थ्य कार्यालय
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
रेखदेख संवाददाता रुकुम । प्रधानमन्त्री शुशील कोइरालाले संविधानले देशको विकास निर्माणको ढोका खोल्ने जनाएका छन् । आदिवासी जनजाती कला सास्कृति...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
काठमाडौं । हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्...






No comments: