Pages

Tuesday, September 15, 2015

एकीकृत जनक्रान्ति गर्ने विप्लव माओवादीको योजना

प्रविर ददेल रुकुम संविधान सभावाट संविधान जारी गर्ने अन्तिम चरणमा पुगेको छ । देशका विभिन्न ठाउँमा आन्दोलन तथा असन्तुष्टीहरु वढी रहेको अवस्थामा एकीकृत जनक्रान्ति गर्ने विप्लव माओवादीको योजना रहेको जनाएको छ । चार दलीय गठबन्ध गरेको १६ बुँदे सहमतीले १२ बुँदे शान्ति सम्झौताको मर्म विपरित संविधान निर्माण गरेको भन्दै एकीकृत जनक्रान्ति गर्ने योजना रहेको नेकपा माओवादीका राप्ती उप ब्युरो मोहलाल चन्दले रेखदेखलाई बताए । उनले भने, अधिकार बिहीन संविधानको चौतर्फीक विरोध भएको छ , अव जनताको चाहाना अनुसार अनुसार जनक्रान्ति गर्ने योजना रहेको बताए । एकीकृत जनक्रान्ति अन्र्तगत गाउँ गाउँमा भण्डाफोर, संविधानको स्कीप्ट तयार, अधिकार विहीन संविधानको वारेमा जनतालाई जानकारी गराउने छौ । त्यस पछि जनताको चाहाना अनुसार जनक्रान्ति गर्ने जनाए । हामी शान्ति पूर्ण जनक्रान्तिको योजना बनाएका छौँ, त्यसमा वल प्रयोग भए प्रतिक्रान्ति गर्ने समेत स्पष्ट पारे । पहिले हामीले संविधानको विरोध गर्दा संविधान विरोधीको विल्ला लगाए अहिले जनताले त्यसवारेमा बुझेर आफैँ बुझेर अधिकार विहीन संविधानको विरोध गरेका छन् चन्दले भने । हामीले अहिले सम्म गाउँ गाउँमा संगठन विस्तार, सुदृढकरण र प्रशिक्षण गरिरहेका समेत जानकारी दिए । भ्रष्टचार मुक्त जिल्ला निर्माण गर्ने योजना कहाँ पुग्यो भन्ने प्रश्नमा जनताका शत्रुशक्ति र मित्रशक्ति, राष्ट्रवादी र दलाल, भ्रष्टचारी र सदारीलाई जनाताको माझमा चिनाउनलाई चिनाई रहेका छौँ, जनताले नै कारवाही गरेर भ्रष्टारमुक्त जिल्ला घोषणा गर्ने चन्दले प्रष्ट पारे । गाविस सचिवलाई गाउँ जान मानेका छैन्न । गाविसबाट तान्ने काम गरिन्छ । संविधानमा सबैभन्दा खतरा वहुवाद र संसदवाद रहेको उनले जनाए ।

No comments:

Post a Comment