३ असोज, काठमाडौं । पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार संविधानसभालाई गराएको जानकारीअनुसार संविधानसभाको कुल आयु ६०७ दिन रहेको छ ।
संविधानसभाको बैठक ०७० साल माघ ८ गते बुधबार प्रारम्भ भएको थियो । ०७२ साल असोज ३ गते आइतबार साँझ संविधानसभा आफ्नो काम फत्ते गरेर विघटन भएको छ । संविधानसभा अब व्यवस्थापिका संसदमा रुपान्तरित भएको छ ।
सभाध्यक्ष नेम्वाङका अनुसार संविधानसभाको बैठक १३० दिनमा १३५ पटक बसेको थियो । समयको हिसाबले संविधानसभाको बैठकले जम्मा ३२८ घण्टा ४५ मीनेट संविधान लेखनको खास कार्यमा व्यतीत गरेको थियो ।
संविधान निर्माणका अधिकांश कार्य संविधानसभा अन्तरगत गठित संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति, संविधान मस्यौदा समिति नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिका बैठकहरुबाट सम्पन्न भई संविधानसभाको पूर्ण वैठकमा पेश भएका थिए ।
३२८ घण्टा ४५ मीनेटमा बन्यो संविधान !

Tag: विविध
No comments: