Pages

Sunday, September 20, 2015

विपन्न वर्गलाई आय आर्जनको लागि रकम हस्तान्तरण

रेखदेख संवाददाता रुकुम । विपन्न वर्गलाई आय आर्जनको रकम हस्तारण गरिएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित रुँघा गाविस वडा नं ९ मा गठन गरिएको तीन सामुदायीक संस्थालाई शनिवार आय आर्जनको लागि अनुदान रकम हस्तारण गरिएको हो । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले रुँघा गाविसमा गठन गरिएका तीन सामुदायीक संस्थाहरुलाई गाउँमै गएर रकम हस्तान्तरण गरेका छन् । रुँघा ९ मा गठन गरेका बल्लेजुरा सामुदायीक संस्थालाई रु ४ लाख ६५ हजार २ सय रुपैयाँ, सित्लेचौर सामुदायीक संस्थालाई रु ४ लाख ८ हजार २ सय र दाङचुङ सामुदायीक संस्थालाई रु २ लाख ९७ हजार ६ सय २० रुपैयाँ हस्तान्तरण गरेका हुन् । विपन्न परिवारले आय आर्जनको लागि रकम पाएपछि खुसि भएका छन् । पहिलो किस्ताको रकम निकासा भएको कारण बल्लेजुरा सामुदायीक संस्थाका जम्मा ३४ जना सदस्य मध्ये १८ जना, सित्लेचौर सामुदायीक संस्थाका अति विपन्न परिवारका ३५ मध्ये १७ जना र दाङचुङ साुमदायीक संस्थाका ३४ जना मध्ये १७ जनाले आय आर्जनको लागि रकम पाएका छन् । विशेषगरी रँघा गाविस आलु खेतीको पकेट क्षेत्रको रुपमा विकास भएका कारण अधिकासँ विपन्न परिवारले व्यवसायीक रुपमा आलुखेती गर्ने जनाएका छन् । भौगलिक रुपमा पछाडि परेको रुँघा गाविस ९ का विपन्न परिवारले रकम पाएपछि खुसी भएका हुन् । रकम हस्तारण कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरवहादुर नेपाली, उपाध्यक्ष बसन्त नेपाली, गरिबी निवारण कोष कार्यक्रमका जिल्ला संयोजक लोकबहादुर डाँगी, बहुरोकारवाला वन कार्यक्रमका अधिकृत श्रीकृष्ण चौधरी, वन उपभोक्ता महासंघ रुकुमका सूर्यकिरण चन्द नेपाल पत्रकार महासंघ रुकुमका सदस्य तथा रेखदेख साप्ताहिकका सम्पादक प्रविर ददेललगायतको उपस्थित रहेको थियो ।

No comments:

Post a Comment