Pages
▼
Monday, November 16, 2015
किन बढ्दै छ ‘एमाओवादी’ रुकुमभित्र असन्तुष्टी ?
एमाओवादी रुकुममा असन्तुष्टी बढ्दै गएको छ । विशेषगरी नेतृत्वले सफल नेतृत्वदायी भुमिका खेल्न नसक्दा अधिकांस पार्टीका जिल्ला कार्य समितिका सदस्य समेत रुष्ट बन्दै गएको स्रोतले जनाएको छ । अधिकांस जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमिति सदस्य र सचिवालय सदस्य समेत रुष्ट बन्दै गएको धारणा नाम नभन्ने सर्तमा एक जिल्ला कार्य समिति सदस्यले रेखदेखलाई जानकारी दिएका छन् । उनका अनुसार (‘रुकुम एमाओवादी भित्र ठुलै भुकम्प जाने र त्यसले एमाओवादी रुकुमको अस्तीत्व समेत हराउन सक्ने धारणा राखेका छन् ।’
एमाओवादी पार्टीले सिमान्तकृत वर्ग तथा समुदायलाई समेट्न नसक्दा रुकुम एमाओवादी भित्र नयाँ शक्तिको निर्माणको लागि गोप्य बैठक, भेला तथा छलफल सुरु भएको स्रोतले जनाएको छ । पार्टीले दलित महिला, अपाङ्ग, जनजातीको मुद्दालाई छोडी सकेको र पार्टी ब्रामणबादतिर गएका कारण पार्टी भित्र नेतृत्वको चर्को आलोचना समेत बढ्दै गएको छ ।
असन्तुष्टीका कारण ?
प्रथम जिल्ला सम्मेलबाट दलित समुदायलाई पदाधिकारीहरुलाई चयन नगरेको भन्दै जिल्ला कार्य समिति सदस्य उपेन्द्रलाल कामीले असहमती सहितको लिखीत प्रस्ताव प्रस्तुत समेत गराएको जसले नेतृत्वमा पहिलो गाँसमै ढुंगा लागेको र असफलतातिर धकेलेको एमाओवादी रुकुम स्रोतले जनाएको छ । यसका साथै रुकुम उद्योग वानिज्य संघको चुनावमा पार्टीको तर्फबाट समावेसी उम्मेद्धार नभएपछि असन्तुष्टीकै कारण पार्टी कार्यकर्ताहरुले स्वतन्त्र उम्मेरद्धारलाई जिताउने भुमिका खेलेको रह्य समेत खुलेको छ । यसका साथै रुकुमको यातायात क्षेत्रमा समेत चर्को विवाद बढ्दै गएको छ । भने नेतृत्व मुखदर्शक बन्दै गएको आरोप लागेको छ । प्रदेशको सीमाङ्कन हुँदा रुकुम टुक्रिएपछि पार्टी भित्र एकमत हुन नसकेपछि अध्यक्ष ‘अनल’को नेतृत्वमा सिम्ली, गरायला, चौरजहारी लगायतका गाविसहरुमा गएर सिङ्गो रुकुम प्रदेश नं ६ मा हुनुपर्दछ । भन्दै आन्तरिक जनमत जुटाउन लागेको आरोप छ । भने सुवोधराज सिर्पालीको नेतृत्वमा सिङ्गो रुकुम प्रदेश नं ५ मा हुनुपर्ने भन्दै २ हप्ता सम्म खंलगामा आन्दोलन गरेका थिए । उता जिल्ला सचिव रामसुर वुढा ‘विरता’ भने पूर्वका १२ वटा गाविसहरु मगरात स्वायत क्षेत्रमा हुनुपर्दछ । भने मगर जातीहरुको आन्दोलनको नेतृत्व गरेका थिए । यसले समेत पार्टी भित्रको फुटलाई प्रष्ट पारेको जानकारी दिएको छ । यसका साथै जिल्लामा हुने विकास निर्माणका योजनाहरु समानुपातिक र प्राथमिकताका आधारमा भन्दा नातावाद कृपावादको आधारमा गरिरहेको कार्य समिति सदस्यले जानकारी दिएका छन् । जसका कारण आम रुकुमेली एमाओवादी कार्यकर्ताहरु रुष्ट बन्दैँ गएको जानकारी दिईएको छ ।
नयाँ शक्तिको पक्षमा को(को छन् ?ः
एमाओवादी जिल्ला देखी केन्द्र सम्म विचार र संगठन केन्द्रित भन्दा पनि सत्ता र राजनैतिक केन्द्रित भएको हँुदा जिल्लाका पार्टी कार्यकर्ताहरु वेरोजगार जस्तै भएर नयाँ शक्तिको बारेमा पक्ष विपक्षमा बहस चलाई रहेका छन् । डा. बाबुराम भट्टराईले अगाडी सारेको नयाँ शक्ति निर्माणको लागि रुकुमका विशेषगरी दलित , जनजाती, महिलाहरु खुल्ला तथा आन्तरिक बहस चलाएको स्रोतले जनाएको छ ।
नयाँ शक्तिको आबश्यकताको बारेमा खुलेरै बहस गर्नेमा जिल्ला सचिवालय सदस्य दिपेन्द्र बि.क. ‘मुस्कान’, धनवीर ओली, जिल्ला कार्य समिति सदस्य उपेन्द्रलाल कामीलगायतका कार्यकर्ताहरु रहेको स्रोतले जनाएको छ । भने बाहिर खुल्न नसक्ने तर पार्टी र नेतृत्वको कार्यशैली प्रति असन्तुष्ट निरासा भाव व्यक्त गर्नेहरुमा उपाध्यक्ष गोवेश्वर केसी, ‘राकेश’, सचिव रामुसर वुढा,‘विरता’, सह सचिव धर्मबहादुर केसी, ‘जिज्ञासु’ सचिवालय सदस्य सुवोधराज सिर्पाली, झक्कुप्रसाद घर्ति जिल्ला सदस्य डिला महतरा, लालबहादुर विष्ट, टेकबहादुर पुन ‘छायाँ’ गंज ओली कैलाश लगायतका ठुलो संख्या रहेको जिल्ला कार्य समित सदस्यले जानकारी दिएका छन् ।
जिल्ला अध्यक्ष ‘अनल’के भन्छन् ? ः
एकीकृत नेकपा माओवादीका अध्यक्ष गोपाल शर्मा ‘अनल’ पार्टी भित्र कुनै पनि विवाद नभएको जानकारी दिएका छन् । पार्टी भित्र दलित, महिला, जनजातीलाई समावेसी नबनाएको आरोप छ नी ? भन्ने प्रश्नमा उनले कम्युनिष्ट पार्टी भित्र दलित जनजाती भन्ने हुँदैन । अर्को कुरा सचिव नै जनजाती हुनु हुन्छ । म आफै बाहुन भएपनि दलित, जनजातीको मुद्दामा लागिरहेको छु । यातायातको विवादमा रमिते बन्नेको आरोप छ ? भन्ने जिज्ञासामा अध्यक्ष अनलले यातायात क्षेत्रको विवाद भनेको व्यवसायी विवाद हो ।
यसमा पार्टीले कुनै निर्णय गर्न सक्दैन । हुन त रुकुम प्रालि र सिस्ने हिमाल यातायात समिति हाम्रै पार्टी निकट भएपनि व्यवसायीक प्रतिस्प्रर्धामा पार्टीले कुनै पक्ष विपक्षमा लाग्न जरुरी नभएको बताएका छन् ।
नयाँ शक्तिको बारेमा बुझ्न खोज्दा नयाँ शक्ति रुकुममा नरहेको बताए । एक दुई जना हुन सक्छन् । त्यसको रुकुममा कुनै प्रभाव नपर्ने जानकारी दिएका छन् । उनले भने, ‘एकाध मान्छे अवसरको खोजी गदै पद प्राप्तीका लागि जान सक्छन् । तर त्यसको कुनै प्रभाव नपर्ने बताए ।’
No comments:
Post a Comment