प्रविर ददेल
रुकुम । रुकुमको गाउँ गाउँमा किसानले उत्पादन गरेको बर्षे आलु कुहिन थालेको छ । विशेषगरी रुकुमका दुर्गम गाउँहरुमा किसानहरुले उत्पादन गरेको बर्षे आलु बजार अभावका कारण कुहिन थालेको हो ।
जिल्ला दुर्गम गाविस रुँघा, चुनवाङ, महत, काक्री, तकसेरा, सिस्ने, रन्मामैकोट, स्यालाखदीलगायतका दुई दर्जन गाविसका किसानले लगाएको वर्षे आलु बजार अभावका कारण कुहिन थालेको स्थानीयवासीले जनाएका छन् ।
विशेषगरी आलु भण्डार केन्द्र नहँदा र बजार अभावका कारण गाउँमा आलु कहिन थालेको रुँघा –९ दाङचुङका यज्ञबहादुर मल्ले जानकारी दिए । उनले भने, ‘गाउँ सम्म मोटरबाटो पुगेको छैन्, मान्छे वा खच्चरबाट आलु बजार सम्म ढुवानी गर्दा आलु भन्दा ढुवानी महँगो हुने भएका कारण दुर्गम गाउँमा आलु कुहिन थालेको हो ।’ दुर्गम गाउँमा आलु कुहिन थालेपछि किसानहरु चिन्तीत बनेका छन् । वर्षे बाली मकै जंगली जनावरले क्षती गर्ने भएपछि मकैको साटो अधिकासँ किसानले आलु खेती गर्ने आलु विक्रीवाट वर्षभरीको खर्चको जोह गर्न किसानको बाध्यता रही आएको छ । तर आलु कुहिन थालेपछि किसानहरु चिन्तीत बनेका छन् । रुकुमको बजारमा आलु प्रति किलो ४० रुपैयाँ रहेको र दुर्गम गाउँबाट बजार क्षेत्र सम्म पु¥याउन ४० भन्दा बढी खर्च हुने भएपछि किसान गाउँमै आलु कुहाउन बाध्य रहेको महत १ का भिमबहादुर वुढाले जनाए । उनले भने, ‘आलुको मुल्य भन्दा ढुवानी महुँगो रहेको छ ।’
बजारमा आलुको हाहाकार
रुकुमको व्यापारी केन्द्रहरुमा आलुको अभाव रहेको छ । गाउँ गाउँवाट आलु सदरमुकाम खंलगा सम्म ढुवानी नहुँदा बजारमा आलुको अभाव रहेको हो ।
विशेषगरी रुकुमको सदरमुकाम खंलगा लगायत व्यापारी केन्द्र सिम्रुतु, झुल्नेटा, राडीबजार, राउखेत, सोलावाङबजारमा आलु अभाव भएपछि मुल्य बृद्धी भएको छ । यस अघि रु ३० रुपैयाँ प्रति किलोग्राम रहको आलु अहिले ४० रुपैयाँ पुगेको छ । भने बजारमा आलुको हाहाकार रहेको छ ।
आलु अभाव भएपछि रुकुमका व्यापारीहरुले दाङ, सल्यान, नेपालगञ्जबाट आलु ढुवानी गर्ने गरेका छन् । गाउँ भन्दा छिमेकी जिल्लाहरुबाट आलु ढुवानी गर्न सस्तो हुने भएपछि उनीहरु छिमेकी जिल्लाबाट आलु ढुवानी गर्न बाध्य रहेको व्यापारीहरुले जनाएका छन् ।
No comments:
Post a Comment