Pages

Tuesday, January 12, 2016

द्धन्दपीडित गाउँमा कांग्रेसको आभसभा


रेखदेख संवाददाता । (खारा)
द्धन्दप्रभावित गाउँमा कांग्रेसले आमसभा गरेको छ । १० वर्षे जनयुद्धको क्रममा प्रभावित   खारा गाविसमा कांग्रेसले विशाल आम सभा गरेको हो । द्धन्दपीडित गाउँका स्थानीयको द्धन्दको घाउँमा मलम लगाउने र शान्तिको सन्देश प्रबाह गर्ने उद्देश्यले नेपाली कांग्रेस रुकुमले द्धन्द प्रभावित खारामा विशाल आमसभा गरेको नेपाली कांग्रेस रुकुमका सभापति मानबहादुर नेपालीले वताएका छन् । विशाल आमसभामा  नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजता       कोइरालाको प्रमुख अतिथ्याता रहेको थियो । आमसभालाई सम्वोधन गदै कांग्रेस नेता     कोइरालाले ‘कांग्रेस नेपालको पुरानो पार्टी र देशको परिवर्तन कांग्रेसको नेतृत्वमा भएको जानकारी दिईन ।’  माओवादी १० वर्षे जनयुद्ध लडे र देश र जनतालाई दुःख दिएपनि  कांग्रेसकै नेतृत्वमा द्धन्द रुपान्तरण गरी देशमा शान्ति स्थापना गरेको जानकारी दिईन । ‘पछिल्लो समय देश मधेसी आन्दोलन र     भारतको अघोषित नाकावन्दीले अप्ठेरोमा     पारको भन्दै त्यसको छिट्टै सामधान गर्न सरकार र राजनैतिक दल जिम्मेवार हुनुपर्ने      धारणा समेत राखिन । संविधान निर्माण प्रक्रियावाट असुन्तष्ट बनी आन्दोलमा रहेका मधेसी ४ दललाई उनले आन्दोलन छोडि संवादबाट समस्याको सामधान गर्न आग्रह    गरिन । मधेस कांग्रेको पक्षमा छ, मधेसमा जनआधार नभएका ४ मधेसी नेताको होइन उनले स्पष्ट पारिन ।आम सभा नेपाली कांग्रसकी नेत्री तथा उपप्रधानमन्त्री सुजता कोइराला को प्रमुख अतिथ्यता र नेपाली कांग्रेस रुकुमका सभापति मानबहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।भने सञ्चालन हर्कसिङ खत्री र स्वागत मन्तव्य विरबहादुर ओलीले गरेका थिए । कार्यक्रममा  सभासद् हृदयराम थामी, अनिता देवकोटा, मिठ्ठ मल्ल, तरुणदल केन्द्रिय सदस्य नारायण भट्राई, नेपाली कांग्रेस महासमिति सदस्य प्रमेप्रकाश ओली, तिलक भण्डारी कृष्णबहादुर  रोकाय, लक्षिराम घर्ति लगायतले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment