Pages

Saturday, January 16, 2016

एसियाली पूर्वाधार विकास बैङ्कको सञ्चालक समितिमा नेपाल छनौट


नेपाल एसियाली पूर्वाधार विकास बैङ्कको सञ्चालक समितिको सदस्यमा छानिएको छ । चीनको बेइजिङमा जारी एसियाली पूर्वाधार विकास बैङ्कको सम्मेलनले नेपाललाई बैङ्कको सदस्यमा चयन गरेको अर्थमन्त्रालयले बताएको छ ।
सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश छानिएका हुन् । 
एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया, भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट संयुक्त अधिराज्य बेलायत र जर्मनी एसियाली पूर्वाधार विकास बैङ्कको सञ्चालक समिति सदस्य रहेका छन् ।
सम्मेलनमा सहभागी ५७ देशका मन्त्री तथा प्रतिनिधिहरुले संयुक्त रुपमा स्वीच अन गरी बैङ्कको उद्घाटन गरेका थिए । त्यस अघि चीनका राष्ट्रपति सि जि पिङले बैङ्कको व्यानर अनावरण गरेका थिए । 
उक्त सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एसियाली पूर्वाधार विकास बैङ्कमार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताए । उनले बैङ्कको गतिविधिमा नेपाल सघन ढङ्गले सहभागी हुने उल्लेख गर्दै बैङ्कको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

No comments:

Post a Comment