रुकुममा माओवादीहरुले २१ औं जनयुद्ध दिवस टुटफटक रुपमै मनाएका छन् । २०५२ साल फागुन १ गते रुकुम(रोल्पाबाट तत्कालिन माओबादीले जनयुद्धको घोषणा गर्दै शसस्त्र युद्धको थालनी गरेको दिन माओवादीहरुको फुटसँगै जनयुद्ध दिवस पनि टुटफुट रुपमै मनाएका हुन् ।
फागुन १ गते एकीकृत नेकपा माओवादीले वालमन्दिर हलमा चिया पान तथा शुभकामना आदान प्रदान गरेको छ । भने नेकपा कान्तिकारी (बैद्य) माओवादीले वागबजारको आफ्नै कार्यालयमा श्रदाञ्जली सभाको आयोजना गरेर जनयुद्ध दिवस मनाएको जनाएको छ । यसका साथै नेकपा माओवादी विप्लव समूह र कमनिष्ट न्यूक्लिअस केन्द्रले होटेल शिशिर बसन्त भ्यूमा अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेर मनाएको छ । एउटै सपना बोकेर जनयुद्धमा होमिएका माओवादीहरु रुकुममा कतिले विजयत्सव मनाए भने कतिले शोक सभा नै गरे । भने कतिले नयाँ कडिबाट युद्ध गर्नपर्ने र सुरुमा माओवादी भित्रकै सामन्तीहरुलाई निशाना बनाउने धारणा समेत राखे । जनयुद्ध दिवस किन फरक(फरक रुपमा मनाउनु भयो ? भन्ने प्रश्नमा नेकपा क्रान्तिकारी माओवादी बैद्यका जिल्ला सचिवालय सदस्य प्रेमजंग मल्ले विचार फरक भएपछि फरक फरक रुपमा मनाएका हौं । उनले भने कतिले विजयत्सव मनाए, कतिले शहिदको सपना पुरा नभएको भन्दै श्रदाञ्जली सभा गर्नू परेकोले एक नभएको तर्क गरे । जनयुद्धमा एउटै रहेको माओवादीले शान्ति स्थापनापछि ७ चिरा बनेको छ । भने रुकुम ४ टुक्रा देखापरेको छ ।
पार्टी फुटसँगै माओवादीहरु कमजोर भएको छ भने जनयुद्धमा देखाएका सपना पुरा नभएको र एकीकृत जनक्रान्तिको आवश्यकता रहेको कमनिष्ट न्यूक्लिअस केन्द्रीय संयोजक हेमन्तप्रकाश ओलीले जनाए । उनले भने नयाँ कडिबाट युद्ध गर्न आवश्यक छ ।
No comments:
Post a Comment