Pages

Thursday, February 18, 2016

एक मात्र महिला सभापति


रेखदेख संवाददाता
रुकुमको एक गाउँमा महिला सभापति चयन भएकी छिन् ।  माघ १५ गते भएको गाउँ अधिवेशनबाट महिला सभापति चयन भएकी हुन्् । रुकुमकोट गाउँ सभापतिमा रुकुमकोट ३ कि सरिता विसी चयन भएकी छिन् ।
वुवा कालीबहादुर वुढाथोकी र आमा टीका वुढाथोकी छोरी  विसी रुकुमको पहिलो महिला सभापति  तथा  कान्छी सभापति बनेकी छिन् । २०६४ सालमा नेपाली कांग्रेसको राजनीति गरेकी उनी २१ वर्षको उमेरमा गाउँ सभापति वनेकी छन् । कांग्रेसको नेतृत्व वुढापाखाले मात्र गर्ने परिपार्टीलाई त्यागेर सरिता सभापति वनाएको रुकुमकोट गाविसका नेपाली कांग्रेस सम्वद्ध कार्यकर्ताहरुले बताएका छन् ।
 विसी विएड तेस्रो वर्ष अध्ययनरत छिन् ।  उनी सफल महिला राजनीतिज्ञ बन्ने अठोट समेत गरेको जनाएको छ ।

No comments:

Post a Comment