Pages

Tuesday, February 9, 2016

पहिलो टी-ट्वान्टीमा भारतविरुद्ध श्रीलंकाको जित



India-Vs-Srilanka
२७ माघ, काठमाडौं । फाष्ट बलरहरुको जादुयी प्रदर्शनको सहयोगमा भ्रमणकारी टोली श्रीलंकाले भारतलाई पहिलो ट्वान्टी ट्वान्टी खेलमा पाँच विकेटले हराएको छ ।
भारतले दिएको १०१ रनको झिनो लक्ष्य श्रीलंकाले पाँच विकेट गुमाएर १२ बल अगावै पुरा गरेपछि पाहुना टोली श्रीलंकाको ट्वान्टी ट्वान्टी सिरिजमा विजयी सुरुवात भएको हो ।
श्रीलंकाका लागि कप्तान दिनेश चण्डिमालले ३५ र चमारा कापुगेडेराले २५ रनको योगदा दिए । त्यस्तै मिलिन्दा सिरिवर्दनाले पनि २१ रन बनाएका थिए ।
बलिङतर्फ आशिष नेहरा र रविचन्द्रन आश्विनले दुई दुई विकेट लिए ।
यसअघि पुनेस्थित महाराष्ट्र क्रिकेट एशोसिएसनको मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको भारतीय टोली श्रीलंकाली सिमरहरुको उत्कृष्ट प्रदर्शनपछि १८.५ ओभरमा १०१ रनमै समेटियो ।
भारतका लागि नोवौं नम्बरमा ब्याटिङ गर्न आएका रविचन्द्रन आश्विनले बनाएको ३३ रन भारतीय इनिङमा कुनै ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो ।
आश्विनका अलावा सुरेश रैनाले २० र युवराज सिंहले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।
श्रीलंकाली तीनजना सिमरहरुले आठ जना भारतीय व्याट्सम्यानलाई पेविलियनको वाटो देखाएका थिए । श्रलंकाका लागि कसुन रजिता र दसुन सानाकाले ३/३ विकेट लिँदा दुस्मान्था चमीराले २ विकेट लिए ।
तीन ट्वान्टी ट्वान्टी म्याचको शृङखलाका लागि भारत भ्रमणमा रहेको श्रीलंकाले एक शून्यको अग्रता बनाएको छ । दुईबीचको दोस्रो खेल आगामी शुक्रबार राँचीमा हुनेछ ।

No comments:

Post a Comment