Pages

Thursday, March 17, 2016

ए.(माओवादी) रुकुमलाई सुझाव


–उपेन्द्रलाल कामी
समयको माग र इतिहासको आवश्यकता अनुसार बैकल्पिक नयाँ राजनैतिक शक्ति निर्माण गर्ने अभियान देश– ब्यापी रुपमा तिव्र गतिले अगाडि बढिरहेको परिप्रेक्ष्यमा रुकुम जिल्लामा पनि तिब्र रुपले अभियान अगाडि बढिरहेको छ । तिब्रतामा अगाडि बढिरहेको अभियानको बारेमा सर्वत्र चासो बढेपछि  बिभिन्न प्रतिक्रिया उत्पन्न हुनु र छलफल–बहस हुनुलाई स्वभाविकै मान्निछ । रुकुममा केही समय अगाडिदेखि एकीकृत ने.क.पा.(माओवादी) रुकुमका कही नेता तथा कार्यकर्ताहरुले नयाँ शक्तिका अभियन्ताहरुको ब्यक्तिगत चरित्र हत्या गर्ने गरी भ्रामक अभिब्यक्ति र टिका–टीप्पनी पुर्वाग्रही ढंगले गरेको पाइएको छ । नयाँ शक्तिका अभियन्ताहरुलाई नयाँ सोच सहितको संरचना निर्माण गरेर आर्थिक सम्बृद्धि र विकास निर्माणको योजनामा लाग्नु पर्ने भएकाले कसैको नकरात्मक टिका–टीप्पनी गर्ने  फुर्सद हुदैन । तर हाम्रा विरुद्धमा पुर्वाग्रही ढंगले गरिने  अर्नगल प्रचारको प्रतिक्षा नगर्ने हो भने लगाइएका गलत आरोपलाई स्वीकार गरिएको ठहर हुने भएकाले बाध्य भएर एकीकृत ने.क.पा.(माओवादी) रुकुमलाई निम्न बँुदागत  विषयहरुमा सुझाव दिन आवश्यक ठानिएको छ । यसो गर्दा ए(माओवादी) भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरुलाई सम्मान र सहानुभूति ब्यक्त गर्न पनि कन्ज्युस्याई गर्न हुँदैन  समय अगाडि देखि र गरिएको पनि छैन् ।
१) ए. ने.क.पा.(माओवादी) रुकुमका एक जना प्रभावशाली  भनिने नेताले पत्रकार सम्मेलनमा नयाँ शक्तिलाई विदेशीको भक्ति भनेर गम्भीर आरोप लगानु भएको रहेछ  । रुकुममा नयाँ शक्ति ए. (माओवादी) को निम्ति प्रमुख चुनौतिको रुपमा  अगाडि आउन थालेपछि लुटको स्वर्ग भत्कीने डरले विक्षिप्त भएर गरिएको अभिव्यक्तिमा त कुनै तुक छैन । तर राष्ट्रिय स्तरको भुमिकामा रहेका नेताले हतास मनस्थितिमा मानसिक सन्तुलन गुमाए झै गरी जे मुखबाट आयो त्यही बोल्ने कुराले आफ्नै ओजलाई घटाउने कुरा त निश्चित छ  र रुकुम जिल्लाकै गरिमा माथि गम्घीर आँच पुग्न सक्छ । बरु भारतीय विस्तारवाद मुर्दावाद भन्दै बाहिर सडकमा कार्यकर्तालाई चर्को नारा लगाउन उक्साउने र भित्र भित्रै भारतीय राजदुतको विस्तरासम्म पुगेर चाकडी गरि गोप्य र अपारदर्शी सम्झौता गर्ने ए.(माओवादी) का शिर्ष नेतालाई राष्ट्र हित विपरित कार्य नगर्न आन्तरिक पार्टी पंक्तिबाट सुझवा तथा दवाव दिने आँट गरे राम्रो होला जो चोर उसैको ठुलो स्वर भने झै आफनो विदेशी भक्तको गलत चिन्तन र कार्यशैलीलाई बदलेर थोरै भएपनि नैतिकता एवं इमान्दारिता प्रर्दशन गरे पार्टीलाई वेफाइदा हुदैंन । दुई छिमेकी मुलुकसँग ब्यवहार गर्दा कहिले चीनसँग टाँसिएर भारतलाई चिढाउने र कहिले स्वाभिमानलाई सुम्पिएर भारतलाई रिझाउने खालको असाध्यै अपरिपक्क केटाकेटीको जस्तो व्यवहार नर्गन ए.(माओवादी) का शिर्ष नेतालाई राम्ररी सम्झाउनु पर्छ की ?
२) नयाँ शक्तिले विदेशको सहयोग र खासगरी भारतीय राजदुतावाबाट पैसा लिएर पार्टी बनाउन थालेको  असाध्यै कपोकल्पित भ्रामक प्रचार गरेर इमान्दार कार्यकर्ता र जनातामा नयाँ शक्ति प्रति घृणा जगाउन खोज्ने कुचेष्टा गरिएको छ । नयाँ शक्तिका अभियन्ताहरुले हरेक महिनाको १ दिन अनिवार्य श्रम शिविर गरेर बुझाएको लेवीबाट कार्यालय सञ्चालन गरी रहेको छ  र आर्थिक आय–व्यय  विवरण कार्यालयमा दुरुस्त राखिएको हुँदा जतिखेर आएपनि हिसाव हेर्न सकिन्छ  । बरु हिक्मत छ भने ए.(माओवादी) पार्टी भित्र चर्को रुपमा उठिरहेको वलिदान सहकारी र जहारी खोला कृषि सहकारीमा पार्टीका कार्यकर्ता, शहिद परिवार, पुर्वजमुक्ती सेना र सर्वसाधारण जनताले शेयर लगानी गरेको रकम सिमित ब्यक्तिले हिनामिना गरेको, सोलावाङको पेट्रोल पम्पमा पार्टीले २५ लाख रुपैया लगानी गरेको रकम सिमित ब्यक्तिले हिनामिना गरेको  थ्रि आरको सडक निर्माणमा उपभोक्ता समितिका जिम्मा लिएका जिल्ला स्तरका कार्यकर्ताले अनियमित गरी अकुत सम्पती कमाई त्यसबाट पार्टीलाई कमिश्न स्वरुप दिएको लाखौं रकम गायव पारीको सडक निर्माण उपभोक्ता समितिमा रहेका करिब २५० जना कार्यकर्ताबाट लिएको कमिशन स्वरुपको लाखौं रकम, ठेकेदारहरुबाट अनियमित रुपले उठाइएको लाखौं चन्दा अशुली गरिएको रकम लगाएतका विभिन्न श्रोतहरुबाट आएको करिव पौने तीन करोड बराबरको माओवादी पार्टी नाममा आएको रक चित्त बुझ्दो हिसाव आफ्नै पार्टी भित्र मात्रै भएपनि स्पष्टपार्न सकेमा केही समयसम्म अलिकति आयु लम्ब्याउन सकिन्छ की ? ब्यक्ति मात्र होइन आफूलाई सर्बहारा बर्गको पार्टीको नेता भन्ने सभाषद ज्यूहरुले दोस्रो संविधान सभाको निर्वाचन क्षेत्रमा गरेको अढाई करोड  अनियमित खर्च गर्ने पैसा कहाँबाट आएको हो । भन्ने कुरा सार्वजनिक गर्ने आँट छ ? हैन भने आफु सिसाको घरमा बसेर ढुंगा माटोले बनाएको घरमा बसेका मान्छेहरुलाई ढुंगा हानेर जिस्काउने काम नगर्दा राम्रो हुन्थ्यो ?
३) नयाँ शक्तिका अभियन्ताहरुलाई यौन मामिलामा अराजक भएको भन्ने विषयसँग जोडेर ब्यक्तिगत चरित्र हत्या गर्ने सम्मको तुच्छतामा ओर्लिएको पाइयो । निश्चित पनि सम्वृद्धि र सदाचार नयाँ शक्तिको मुख्य आधार भएकोले अभियान्ताहरुले अनैतिक कार्य हुनबाट बच्न उच्च सर्तकता अपनाउनै पर्ने हुन्छ । तर अरुलाई चरित्रवान हुनुपर्दछ भन्दै उपदेश दिएर भित्र–भित्रै आफैले गम्भीर प्रकृतिका यौन अपराध गर्ने कुण्ठित पाखाण्डी सामान्ती चरित्र र खुला एवं स्पष्ट हुने नाममा सामाजिक विकृति फैलने गरि प्रर्दशन गरिने अश्लिल, छाडा, भद्दा, पश्चिमेली पूँजीवादी चरित्रलाई सुधार गरेर नेपाली मौलिकताको यौन शिक्षा र संस्कृति निर्माण गर्नुपर्छ भन्ने नयाँ शक्तिको मान्यता हो । बरु ए.(माओवादी) पार्टी भित्रै केही यस्ता चरित्रहिन अपराधिक मनोवृत्तिका मान्छे छन जो मोष्ट वान्टेटमा परेर भूमिगत भइ दैनिक रुपमा नयाँ नयाँ तारे होटेल र केटीहरु साथमा लिएर बदल्दै हिड्ने गर्छन । बाहिर अविवाहित जस्तो देखिने तर भित्र भित्रै दर्जनौ रखोटी श्रीमती बनाएर यौन शोषण गरेका छन् । तिनैले कृष्णप्रसाद भट्टराई जति पनि इमान्दार भएर भन्न सकेका छैनन की अविवाहित भएपनि कुमार चाँही होइन । जनयुद्धकालमा गरिएका अन्तरजातीय प्रेम विवाहहरु शान्तिकालमा आएपछि दिनानु –दिन भत्किदै गएर बहु–विवाहमा परिणत भएका छन् । संसारिक मोह त्यागेर जोगि बन्ने तर भित्र भित्रै सर्वभोगी हुने खालको क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवरणमा भएको पाखण्डी चरित्र यो भन्दा अरु के हुन सक्छ ? लुकी छिपी वेश्यालय धाउनेहरुले यौनकर्मी इमान्दार महिलाको चरित्र हत्या गर्ने अधिकार त हुदैन नै यदि त्यसो गरियो भने त्यो अक्षम्य अपराध नै हुन्छ । के मा.ले.मा.–वादी प्रेम–विवाह र यौन संस्कृति यहि हो ? हैन भने यसलाई सुधारका लागि अलिकति भए पनि पहल गरेको खोइ ? बरु सकिन्छ भने यसबारे खुला छलफल बहसमा आएर यौन कुण्ठा र अराजकलाई नियन्त्रण गर्न सामुहिक ढंगले अगाडि वढ्ने हिम्मत गरौं । 


सैद्धान्तिक तथा बैचारिक रुपले प्रवृत्तिगत विषयहरुमाथि प्रहार गर्दा कसैलाई ब्यक्तिगत रुपमा चोट लाग्छ भने यसलाई औषधीको रुपमा ग्रहण गरिदिन विन्रम अनुरोध गरिन्छ । किनभने प्राय औषधीहरु गुलियो नभइ तितो र टर्रो हुने गर्दछ ।  मुख विगारेर भएपनि औषधी सेवन गर्ने कोशिस गरियो भने आफ्नै स्वास्थ्यको निम्ति फाइदा हुनेछ । विरामी भएर थला परेको रुकुमको ए.ने.क.पा.( माओवादी) लाई सहानुभूति राखेर औषधी खुवाउन पर्यत्न गरिएको हो । खाने या नखाने त्यो त ए.(माओवादी) को इच्छामा भर पर्दछ ।

No comments:

Post a Comment