नुनुता राई
काठमाडाैं । नयाँ जोश, जाँगर, उत्साहका साथ नव वर्ष २०७३ सालको शुरुवात भएको छ । प्रत्येक नेपालीले ०७३ साल सुखमय र समृद्धिको कामना सहित स्वागत गरिरहेका छन्।
सालको सुरुवात सुखद र खुशीयाली भए वर्षभरि यो क्रम कायम रहन्छ भन्ने विश्वासका साथ यो दिनलाई विशेष स्मरणयोग्य बनाउन रमाईलो गर्ने गरिन्छ। रमाईलो शुरुवातसँगै वर्षभरिको कार्ययोजना पनि बनाउने गरिन्छ। ०७२ साल नेपालीको लागि निक्कै पिडादायी रह्यो। नायिका करिश्मा मानन्धर, गायिका झुमा लिम्बु र नेता नविना लामाले ०७३ सालको योजना यस्तो बनाएका रहेछन्।
करिश्मा मानन्धर, नायिका
७२ सालमा हामीले ठूलो विपत भोग्न पर्यो। प्राकृतिक र कृत्रिम विपत्तिले हामीलाई आहत बनायो। हामी नेपालीले यो दुःखलाई पनि हिम्मतका साथ जितेका छौँ। यो नयाँ वर्ष सँगै सबै किसिमका बाधा व्यवधानहरू सकिउन्। प्रत्येक नेपालीको ओठमा मुस्कान रहिरहोस्। कामना गर्दै नयाँ वर्षको स्वागत गर्दैछु।
यो वर्ष उत्साहित छु। म अभिनित चलचित्र फागु’ रिलिज हुँदैछ। कार्यतालिका व्यस्त छ, यसको बावजुद मेरो निर्देशनमा चलचित्र बनाउने सोच बनाएकी छु। सकारात्मक सोचका साथ ७३ साललाई उपलब्धिमुलक बनाउने छु।
नविना लामा , अध्यक्ष अनेरास्ववियु
जुन आशा लिएर साथीहरूको साथ र सहयोग पाएको छु त्यो आशालाई पुरा गरेर देखाउँछु। सरकारी विद्यालय र क्याम्पसको हरेक किसिमले स्तरोन्नति गर्न मेरो संगठनले हरसम्भव प्रयास गर्ने छ।
७२ सालमा हामीले महाभूकम्प र नाकाबन्दी जस्ता विपतको सामना गर्नपर्यो। जसको कारण अपुरणीय जनधनको क्षति बेहोर्नुपर्यो। अब यस्तो विपत फेरि भोग्न नपरोस्।
७२ सालमा हामीले महाभूकम्प र नाकाबन्दी जस्ता विपतको सामना गर्नपर्यो। जसको कारण अपुरणीय जनधनको क्षति बेहोर्नुपर्यो। अब यस्तो विपत फेरि भोग्न नपरोस्।
पुरानो घाउ नबल्भि्कओस्। समग्रमा ७२ साल सुख र दुखको समिश्रण रह्यो। पीडितहरूको दुःख भुलाउन साहारा बनौं। हामी नेपाली एक अर्काको सुःख दुःखको साथी बन्न सकौं।
झुमा लिम्बु, गायिका
हर्ष र उमङगले ल्याएको नयाँ वर्ष वसन्तको आगमनसँगै शुरु भएको यो दिन जस्तै यो वर्ष भरि रहिरहोस्।
७२ साल धेरै दुखदपुर्ण वर्ष हामी नेपालीको लागि रह्यो। भौतिक, आर्थिक, ऐतिहासिकक्षति पुगेको छ। यसले हामीलाई सकारात्मक हुन पनि सिकाएको छ। मैले धेरै काम थालेको छु यो वर्ष पनि त्यही कामलाई निरन्तरता दिनेछु।
उत्साह थपिएको छ। दुख बाँडे आधा खुशी बाँडे दोब्बर भनिन्छ। बाँचेका छौँ। छुटेको दुखलाई भुलेर बाँकी रहेका खुशीलाई जोडौँ।
mahilakhabar.com
No comments:
Post a Comment