
रेखदेख संवाददाता
असार १५, रुकुम । रुकुमका बौद्धिक अपाङ्गता बालवालिकालाई शैक्षिक सामाग्री तथा आवास व्यवस्था सामाग्री प्रदान गरिएको छ । अध्यनको सिलसिलामा नर्वे पुगेका विद्यार्थीहरुले हेल्पिङ हेन्ड्स फर नेपाल नामक संस्था मार्फत रुकुमका अपाङ्गता बालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् । उनीहरुले २ लाख बरावरको शैक्षिक समाग्री प्रदान गरेका छन् ।
जस अन्र्तगत चन्दननाथ प्राथमिक विद्यालय मुसीकोटका बौद्धिक अपाङ्गता भएका १५ जना बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । उनीहरुलाई शैक्षिक सामाग्री अन्र्तगत कापी, कलम, ड्रेस प्रदान गरिएको द्धछ । भने आवास व्यवस्थापनको लागि कार्पेट, सिरक डसना तथा बलाङकेटहरु प्रदान गरिएको छ । बुधबार एक कार्यक्रम आयोजना गरि शैक्षिक सामाग्री तथा आवास व्यवस्थापन सामाग्री हस्तारण गरिएको छ । शैक्षिक सामाग्री हस्ताणतरण गदै स्थानीय विकास अधिकारी भरतकुमार शर्माले नर्वेमा रहेका नेपाली विद्यार्थीहरुले गरेको सहयोगको प्रशंसा गरेका छन् । उनले भने, ‘बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई शैक्षिक सामाग्री र आवास व्यवस्थापन सामाग्री प्रदान गरेर नर्बेमा रहेका विद्यार्थीहरुले ठुलो सहयोग गरेको जनाए । हस्ताणतरण कार्यक्रममा स्थानीय वासी, पत्रकार, अपाङ्गता बालवालिका लगायतको सहभागिता रहकेो थियो । यसैगरी रुकुमकोटमा रहेको श्री त्रिभुवन मा.वि. का अपाङ्गता भएका बालवालिकाहरुलाई समेत शैक्षिक सामाग्री र आवास व्यवस्थापन सामाग्री हस्तारण गर्ने स्थानीय शान्ति समितिका सचिव तथा शैक्षिक पहलकर्ता राजु लामिछानेले जानकारी दिएका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
रेखदेख संवाददाता रुकुम । प्रधानमन्त्री शुशील कोइरालाले संविधानले देशको विकास निर्माणको ढोका खोल्ने जनाएका छन् । आदिवासी जनजाती कला सास्कृति...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
काठमाडौं । हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्...






No comments: