रेखदेख संवाददाता रुकुम । माओवादी घटकहरुको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठन गरिएको छ । पार्टी एकता पछि ६ सय ९९ जनाको केन्द्रिय सदस्य गठन गरिएको छ । रुकुमबाट मात्र दुई दर्जन बढी केन्द्रिय सदस्य बनेका छन् । तर केन्द्रिय समिति छनौटमा नेताका आफ्न्त र आसेपासे भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का नाम नभन्ने सर्तमा एक युवा नेताले बताएका छन् । उनका अनुसार ( ‘केन्द्रिय समिति छनौटमा नातावाद र कृपावाद लागु भएको जनाए ।’ अर्का माओवादी नेता गोरखबहादुर केसी सन्देशले जेठ १० गते ६ सय ९९ जनाको केन्द्रिय सदस्य छनौट पछि सामाजिक सञ्जालमा लेखेका छन् ( ‘मैले ६९९ जनाको केन्द्रिय समितिका सदस्यहरुलाई बधाई दिन जरुरी ठानिन् । यी निर्वाचित होईनन् । विभिन्न नेताका खल्तीका तुरुप हुन । विचार गर्नुस् तपाई कस्को तुरुप हो ? अर्कोले तपाईलाई मान्छ ? कतिपएका खल्तीमा कस्ता(कस्ता पनि रहेछन् । ंं... देख्नेलाई लाज । के को बधाई ? एकता भयो खुशीको कुरा हो । अव निर्वाचित हुने परिपाटीको विकास होस । बल्ल पार्टी बन्नेछ । पार्टीमा निर्वाचन संस्कारको विकास होस, टिके प्रर्था वा तुरुप प्रर्थाको अन्त्य होस ।’ उनको यो स्टाट्सले पनि केन्द्रिय सदस्य आफ्न्त र आसेपासे भएको पुष्टी गरेको छ । फेरि सन्देशले एक दिनपछि अर्को स्टाटस्स लेखेर पुष्पकमल दाहाल प्रचण्डमै खनिए उनले लेखेका छन् । कमरेड प्रचण्डले जहिले पनि केहि नयाँ गर्नुहुन्छ । यस पटक भाँचिएका दश(दश वटा हाँगा र सुकेका, झरेका र नयाँ पालुवा समेत ६९९ पातहरु बटुलेर नयाँ रुख बनाईदिनु भो । राजनीतिको रुख यस्तै हुन्छ भाँचिएर उजाड हुने र जोडिएर हराभरा हुने । यो पनि एक प्रकारको चमत्कार भो । नयाँ पालुवाहरु ओझेलमा नपर्ने कुरामा भने विस्वस्त रहन जरुरी छ किनकि नयाँ त प्राकृतिक रुपमै भविश्य बोकेर आएका हुन्छन् । यी दुवै फेसबुक स्टाटसमा धेरैले प्रतिक्रिया जनाए । भने रुकुममा ६९९ जनाको केन्द्रिय सदस्य प्रति आ आफ्नै टीका(टीप्पनी हुन थालेका छन् । तर कतिले सामाजिक सञ्जालमा पोखेका छन् । भने कतीले चिया पसलहरुमा विचार राख्ने गरेका छन् । कतिले एकता पछिको केन्द्रिय सदस्य बनेको उत्साहित बनेका छन् । भने कति निरासा व्यक्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष गोपाल शर्मा अनल जेठ ६ भएको माओवादी घटकहरुको एकता पछि केन्द्रिय सदस्यमा सिफारिस भए । तर उनी खुसी भएनन् । उनले जेठ ९ सामाजिक सञ्जाल फेसवुकमा ‘नखाउ भने दिन भरीको सिकार, खाउ भने कान्छा बाउको अनुहार’ र ‘कागलाई वेल पाक्यो हर्ष न विषमात’ भनेर प्रतिक्रिया दिए । भने झिनो आशा महाधिवेशनले आफुलाई नेतृत्वको रुपमा स्थापित गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् । उनको यो स्टाट्सले उनलाई केन्द्रिय सदस्य वनेकोमा कुनै उत्साह देखिदैन् । विधी र प्रक्रियावाट नहुँदा निरासा भएको उनका निकट मानिने एक नेताले जनाए ।
को(को भए केन्द्रिय सदस्य
रुकुमबाट केन्द्रिय सदस्यमा झण्डै दुई दर्जन वढी नेता परेका छन् । जसमा जनार्दन शर्मा,लोकेन्द्र विष्ट,गणेशमान पुन, पूर्ण घर्ति,कमला रोका,महेश्वर गहतराज, जोखप्रसाद शर्मा, कालिबहादुर खाम, तेजबहादुर ओली,दलजित श्रीपाली, जुनकुमारी रोका ओली,नारायणी शर्मा, चन्द्रबहादुर वि.क.,गोपाल शर्मा, रामशुर वुढा, गोपेश्वर केसी,सचिन रोका,अनिल शर्मा,विशाल शर्मा,पुस्प वादी, लक्ष्मी पुन , पार्वती पुन,बसन्त शर्मा,सीता आचार्य लगायत केन्द्रिय सदस्यमा परेका छन् ।
नातावाद नै हावी
माओवादी घटकको एकता पछि गठन गरिएको केन्द्रिय सदस्यमा रुकुमबाट नातावाद हावी भएको नाम नभन्ने सर्तमा एक युवा नेताले जानकारी दिएका छन् । उनका अनुसार( ‘श्रीमान श्रीमती र दाजु भाई केन्द्रिय सदस्यको रिफारिसमा परेका छन् ।’
जसमा जर्नादन शर्माका थप दुई भाईना केन्द्रिय सदस्यमा परेका छन् । उनीहरु अनिल शर्मा र नारायणी शर्मा भएको एक नेताले जनाएका छन् । उनका अनुसार(श्रीमान श्रीमतीमा बसन्त शर्मा र विमला केसी, गणेशमान पुन र कमला रोका, तेजबहादुर ओली र जुनकुमारी रोका ओली, महेश्वर गहतराज र पार्वती पुन परेका छन् । भने पूर्णबहादुर घर्ति र सीता आचार्य समेत केन्द्रिय सदस्यमा परेका छन् । उनीहरु श्रीमान श्रीमती रहेको नेपाल कम्युनिष्ट (माओवादी केन्द)स्रोतले जनाएको छ ।
केन्द्रिय सदस्य हुन नसकेका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बनेपछि ६ सय ९९ जनाको केन्द्रिय सदस्य बनेको छ ।जसमा रुकुमबाट समेत दुई दर्जन बढी केन्द्रिय सदस्य बनेका छन् । तर त्यती हुँदा पनि क्रियाशिल तथा इमान्दार नेता छुटेको नाम नभन्ने सर्तमा एक जिल्ला नेताले जनाएका छन् । उनका अनुसार ( नरबाहादुर पुन, मेघबहादुर श्रेष्ठ, तेजेन्द्र खाम, वुद्धीप्रसाद शर्मा, देवीलाल गौतम,गोरखबहादुर केसी, झक्कुप्रसाद घर्ति,महेश श्रेष्ठ ,धनबीर ओली, गजेन्द्रबहादुर ओली, पहलसिङ घर्तिमगर,धरमबहादुर केसी ,सुवोधराज सिर्पाली, भुपालसिङ ओली, पुनिराज घर्ति,तिर्था पुन, रातो कामी, भावना वुढा, कमिनी वुढालगायतका इमान्दार नेता छुटेको जनाएको छ ।तर मेघबहादुर श्रेष्ठ, तेजेन्द्र खाम,वुद्धीप्रसाद शर्मा,देवीलाल गौतम सल्लाहकार समितिमा रहेका छन् ।
इमान्दार पाखा लागे
पार्टी एकता हुनु राम्रो कुरा हो । केन्द्रिय सदस्य छनौट प्रक्रियामा विधी प्रक्रिया नहुँदा धेरै इमान्दार कार्यकर्ता सदस्यमा परेका छैन् । यसो भन्दा सबै खराव मान्छे परे भन्ने होइन ।
तर विधी र प्रक्रिया अनुसार छनौट भएको भए कुनै प्रतिक्रिया थिएन् । तर नेताको खल्तीवाट केन्द्रिय सदस्य बनाएकोले धेरैलाई निरासा वनाएको जिल्ला कमिटी सदस्य धनवीर ओलीले जनाए । उनले भने, विधी र प्रक्रियाविना केन्द्रिय सदस्य छनौट गर्दा केही समस्या भएकै हो ।
अर्का (माओवादी केन्द्र) का युवा नेताका अनुसार( धेरै केन्द्रिय सदस्य नेताका आफ्न्त र आसपासे परेका छन् । केन्द्रिय सदस्य मात्र होइन सरकार समेत आफन्तवाद रहेको खुलासा गरे ।
No comments:
Post a Comment