Pages

Tuesday, July 26, 2016

साताको राशिफल

२०७३ साउन १० देखी १७ गते सम्म     मेष: सन्तानबाट सहयोग मिल्नेछ । बैदेशिक यात्रामा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आम्दानीका श्रोतहरु थपिदै जानेछन । दाजुभाईको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
वृष: अध्ययन अध्यापनमा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । बैदेशिक काममा सफलता मिल्नेछ । सोचेको आटेको कामहरु सफल हुनेछन । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कुटनीतिक काममा सफलता मिल्नेछ । आफ्नो काममा बर्चस्व बढाउन सकिनेछ । अनावश्यक खर्च बढ्नेछ । आफन्तसंग मनमुटाब हुने देखिन्छ । 
मिथुन: पारिवारिक सद्भाव बढ्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । बैदेशिक यात्राको योग रहेको छ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । पढाई लेखाइमा प्रगति हुनेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । सवारी साधन चलाउदा ध्यान दिनुपर्नेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ । मन खिन्न रहनेछ । 
कर्कट: पारिवारिक सम्बन्धमा सुधार आउनेछ । पढाई लेखाइमा सफलता मिल्नेछ । कृषि ब्यबसायबाट फाइदा मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । धेरैले काममा सहयोग गर्नें तत्परता देखाउनेछन । कृषि ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनाले सोचे भन्दा धेरै खर्च बढ्नेछ । घरायसी काममा झमेला बढ्नेछ ।
सिंह: सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । आकस्मिक धन लाभ मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
कन्या: ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ भने मन खुसि रहनेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । नोकरीमा पदोन्नति हुनेछ । दाजुभाईको सहयोगले नयाँ कामको थालनी हुनेछ । बैदेशिक रोजगारीमा अबरोधको सामना गर्नुपर्नेछ । मन खिन्न रहनेछ ।
तुला: ठुला व्यक्तिको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । बैदेशिक यात्रामा सफलता मिल्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ । गरेका प्रयासहरु सकारात्मक रहनेछन । मामाघरको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ सामान किन्ने मौका मिल्नेछ । धार्मिक काममा रुची बढ्नेछ ।

वृश्चिक: बैदेशिक काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । लेखन क्षेत्रमा प्रगति हुनेछ । दाजुभाईको सहयोग मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । साझेदारी काममा झमेला आउनेछ । बिनाकारण विवाद बढ्नेछ ।
धनु: पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सन्तान सुख मिल्नेछ । बैबाहिक जीबनमा सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । अचल सम्पत्तिको कारोबारमा सफलता मिल्नेछ । काममा रोकावट आउनेछ । साझा ब्यापारबाट फाइदा हुनेछ । घरायसी काममा झमेला आउनेछ । 

मकर: नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । ब्यापार ब्यबसायमा प्रगति हुनेछ । आफन्तसंगको सम्बन्धमा सुधार आउनेछ । अनुसन्धानात्मक काममा सफलता मिल्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । अध्ययन अध्यापनको नतिजा राम्रो आउनेछ । बिश्वास गरेकाले धोका दिन सक्छन । स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ: सामाजिक मानसम्मान मिल्नेछ । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । सन्तानको सुख प्राप्त हुनेछ । सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । कृषि ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । यात्राबाट लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
मीन: ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । न्यायिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । मान्यजनसंग भेटघाट हुनेछ । लामो समयपछि साथीसंग भेटघाट हुनाले मन प्रसन्न रहनेछ । कृषि काममा प्रगति हुनेछ । घरायसी काममा उल्झन आउनेछ । मन खिन्न रहनेछ ।
                                                       ज्योतिष शिवशंकर भण्डारी

No comments:

Post a Comment