रुकुमेली समाज विकास केन्द्र र जिल्ला विकास समिति उपाप कार्यक्रम मार्फत ३ वर्ष मुनिका वालवालिकाको पोषण सर्बेक्षण कार्यक्रममा यस्तो अवस्था भेटिएको हो । जस अन्र्तगत काँडा गाविसमा १ सय ७२ जना बालवालिकामा सर्वेक्षण गर्दा ८२ जना र काँक्रीमा १ सय ८२ जनाको सर्बेक्षणमा ८० जना वालवालिका कुपोषित भेटीएका हुन् ।
कुपोषण हटाउन तालिम
पूर्वी रुकुमको काँडा र काक्री गाविसमा आधा भन्दा वढी वालवालिका कुपोषित भटेटिएपछि आमाहरुलाई तालिम प्रदान गरिएको छ । कुपोषित बालवालिको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले जिल्ला विकास समिति रुकुम, रुकुमेली समाज विकास केन्द्र र पश्चिम उच्च पहाडि गरिबी निवारण आयोजनाले काँडा र काँक्री गाविसमा सकारात्मक भिन्न व्यवहार पोषण शिक्षा तथा पुनस्थापना कार्यक्रम ५ दिने तालिम सञ्चालन गरिएको हो ।
तालिमबाट कुपोषित बालवालिकाको आमाहरुमध्येबाट छनौट गरी सहजकर्ता आमा बनाएर १३ दिने पोषण केन्द्र समेत सञ्चालन गरिएको थियो । जसमा पोषण खाना बनाउने र खुवाउने तरिका, हरियो साँगपात, पहेला फलफुल र माछा मासु अण्डा खुवाइएको रुकुमेली समाज विकास केन्द्रका पोषण अधिकृत रक्षा चन्दले जानकारी दिएकी छिन् ।
बालवालिकाको अवस्था सुधारउन्मुख
१३ दिने पोषण केन्द्र मार्फत पोषिलो खाना खुवाएपछि काँडा र काँक्रीका बालवालिकाहरुको पोषण अवस्थामा केही सुधार आएको स्थानीयले बताएका छन् । १३ दिन पहिले र पछिको तौलमा करिब १ सय देखी ५ सय ग्राम सम्म बृद्धि भएको पोषण अधिकृत चन्दले जानकारी दिईन् । उनका अनुसार(‘काँडामा ८२ प्रतिसत वालवालिकाको स्वास्थ्यमा सुधार आएको छ । भने काँक्रीमा ८२ प्रतिसत वालवालिको स्वास्थ्य सुधार आएको अधिकृत चन्दले जानकारीदिएकी छिन् । ’
पछिल्लो समयमा ५ दिने तालिम र १३ दिने पोषण केन्द्र मार्फत पोशिलो खाना खुवाएपछि बालवालिको स्वास्थ्य अवस्थामा सुधार आएको हो । उच्च पहाडि गरिबी निवारण आयोजना रुकुमकी काँडा गाविस सामाजिक परिचालक जालमाया बुढाका अनुसार पछिल्लो समय बालवालिकाहरुको स्वास्थ्यमा सुधार आएको छ । पूर्वी रुकुमका काँडा र काँक्री गाविसका कुपोषित वालवालिकाको अवस्था सुधार गर्न सम्पूर्ण आमाहरुलार्ई घरमा समेत पोशिलो खाने कुरा खुवाउन सल्लाह दिएको थियो ।
No comments:
Post a Comment