
भदौ १, रुकुम ।
बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । उनलाई संग काम गर्ने भारतीयको झगडा कै क्रममा मृत्यु भएसंगै उनलाइ जेल हालिएको हो । उनी ९ वर्ष देखी साउदी अरबको जेलमा रहेका छन् ।
९ बर्ष पुग्दा समेत मृतक को परिवार नआएको कारण उनलाई भारतिय दुताबासबाट केश उल्टाइएको थियो । ऊनलाई न त अहिले सम्म सजाय नै सुनाइएको छ न त उद्दार नै गरेको छ ।
रोकामगर लामो समय जेलमा बस्दा सम्म कुनै प्रक्रिया अगाडि नबढ्दा समस्या परेका छन् । उनी भक्कानिदै भन्छन– म जेल परेको लामो समय भयो ! दुताबासमा फोन गर्छु भन्छु नम्बर नै छैन । साउदी अरव अदालतले रोकाको केश अगाडि वढाउन नेपाली राजदुताबासले कुनै पहल नगरेको जनाएको छ । अदालतका अनुसार राजदुतावास र मृतक परिवारको उपस्थित भए फैसला हुने जनाएको छ । रोका काठमाण्डौमा रहेको सन मेनपावर मार्फत साउदी अरब पुगेका थिए । रोका कप्पनी को काम नभएर उनी एक जना साउदी नागरीक को मझरा (भेडा राख्ने ठाउ) मा काम गरी रहेका थिए,उनी जेल पर्नु भन्दा पहिले ९ बर्ष एउटै मालिक संग काम गरी रहेका थिए ।
मगर को घरमा उनको स्वास्नी र एक छोरा र छोरी रहेका छन । रोल्पा थवाङमा रोकाकी स्वास्नी छोरा छोरी छन् । आर्थिक अभाव कमजोर भएका कारण विदेश गएका श्रीमान जेल परेपछि परिवार समस्या परेका छन् । श्रीमानको बिना सर्त रिहाको लागि पहल गरिदिनुहुन नेपाल सरकार, बिदेशमा आबद्द गैर सरकारी संघ संस्था , नेपाली राजदुताबास साउदी तथा सम्पूर्ण निकायहरुमा उद्दार गरीदिन समेत अपिल गरेकी छिन ।
साउदीबाट लक्ष्मण रसाईलीको सहयोगमा
No comments:
Post a Comment