Pages

Friday, August 5, 2016

नयाँ-पुराना कलाकारहरुले मेरै शैली अपनाए !

रुकुम जिल्ला दुली गाविस वडा नं ८ कोटगाउँमा  आमा गंगा पुन र वुवा नरबहादुर पुनको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मिएका चर्चित लोक तथा          दोहोरी  गायक, किरणबाबु पुन एक बहु(आयामिक प्रतिभाका धनी कलाकार हुन् । गीत संगीतको क्षेत्रमा आफूलाई स्थापित  गरिसकेका गायक पुनका सबै गीतहरुलाई स्रोता र दर्शकले अत्याधिक रुपमा मन पराउँछन् । मायाँ प्रीति, मिलन(विछोड र देशप्रेमको भावले ओतप्रोत भएका उनका सबै गीतहरु प्रत्येक नेपालीको ढुकढुकीमा बस्न सफल भईसकेका छन् । लोक तथा दोहोरी गीतको क्षेत्रमा लय, शब्द तथा आवाजले परिचित गाएक किरणबाबु पुनले विभिन्न चलचित्र र आधुनिक गीतमा समेत शब्द, संगीत र आवाज दिएका छन् । हामी सेना प्रहरी बोलको अत्यन्त मार्मिक लोक तथा दोहोरी गीतको अपार सफलता पछि गायक पुन नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा एक अब्बल कलाकारको रुपमा स्थापित भईसकेका छन् । पछिल्लो समय निकै व्यस्त कलाकारका रुपमा चिनिने गायक किरणबाबु पुनसंग रेखदेख साप्ताहिकका लागि पत्रकार अमरराज पुनले गरिएको छोटो कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।-  सम्पादक

गीत संगीतको क्षेत्रमा कहिले प्रवेश गर्नुभयो ?
- वि. सं. २०६३ सालमा ।
 तपाईको पहिलो गीत कुन हो ?
- माया छ यो मनमा ।
पहिलो गीतले सोचेजस्तो सफलता पायो या पाएन ?
-पायन सुपर फ्लप भो ।
गीत संगीतका थुप्रै विधा छन् तर लोकगीतलाई नै किन रोज्नु भयो ?
- लोक गित हाम्रो मौलिक गित हो, हामी नेपालीहरुको गित हो । त्यसैले लोकगीतलाई नै रोजें।
संख्यात्मक रुपमा अहिले सम्म कतिवटा गित बजारमा ल्याउनुभयो ?
- लगभग ५०० भन्दा बढी ।
किरण बाबु पुन भनेर सबैभन्दा बढि चिनाउने गित कुन हो ?
-क्षितिज पारी उनको बस्तिमा ।
यो कस्तो खालको गित हो ?
- यो गित वास्तबमा भन्ने हो भने नेपालीहरुको यथार्थ कथा बोकेको मार्मिक गित हो ।
यो गित बजारमा आईसकेपछि कतिपयले लोकगीतको मौलिकता समेत हरायो भनेर पनि भने, अर्को तिर यस गीतले साँच्चिकै लोकगीतको धार नै बदलिदियो भन्नेहरु पनि छन् । तपाई आफैं भनुहोस, वास्तविक्ता के हो ?
- मेरा सम्पुर्ण गीत लोकलय अनि मौलिकपन मै आधार बनाएर सृजित छन् कसरी मौलिकता हरायो ? हो बास्तबमा यो गित मैले फरक शैलीमा प्रस्तुत गरेको थिएं अनि नयाँ देखि पुराना सबै कलाकारहरुले मेरै शैली अपनाउनु भो । दर्शक श्रोताको राम्रो साथ मिल्यो यहि नै मेरो लागि ठूलो कुरा हो ।
लोकगीतको क्षेत्रमा तपाई एक स्थापित कलाकार पनि हो । हालसम्म तपाईले राष्ट्रिय स्तरको कुनै अवार्ड हात पार्नु भएको छ ?
- वि.स. २०७० सालमा राष्ट्रिय लोक दोहोरी अवार्ड पाएको छु । जसले मलाई गीत संगितमा लाग्न झन् प्रेरित गरायो ।
कुन गीत र बिधाबाट अवार्ड जित्नु भयो ?
- म पुजा गर्छु मायाको गीत बाट उत्कृष्ट भाका बिधा बाट अवार्ड पाएको हुँ।
लोकगीतमा पनि धेरै विधा छन् खास गरेर तपाइले सबैभन्दा बढी रोजाईमा पारेको बिधा कुन हो ?
- सायद लाग्छ मलाई भाका बिधा बढी रुचाइएको हो कि ? तर श्रोता दर्शकले कसैले गायक, कसैले संगितकार र कसैले रचनाकार भनेर मलाइ चिन्नु हुन्छ । उहाँहरूले जे       जसरी मलाई चिन्नु हुन्छ माया गर्नुहुन्छ म यसैमा खुशी छु ।
वर्तमान परिवेशमा लोकगितको अवस्था कस्तो छ ?
- अहिले ब्यबसायिक हिसाबमा शून्य छ, तर चर्चाको हिसाबले निकै फराकिलो छ ।
लोकगीतको क्षेत्रमा लागेर कुनै पनि सुन्दर भविष्य छैन भन्नेहरु पनि धेरै छन् तपाईलाई कस्तो लाग्छ ?
- जो राम्रो संग गित संगित बुझेर आउँछ जो संग राम्रो क्षमता छ उस्को भबिस्य राम्रो छ । तर गीत संगितमा अरु ब्यबसाय जस्तो निश्चित मापदण्ड हुन्न यसमा निकै कडा मेहनत र साधना गर्नु पर्ने हुन्छ।
पछिल्लो समय किरण बाबु पुनका गीत कमै मात्रामा आउँछन् भन्ने स्रोता दर्शकको गुनासो छ, के यो बास्तविक हो ?
-समय सधैं एकैनासको रहन्न त्यसैले पहिला सिआरबिटी र पिआरबिटी को ब्यबसाय थियो र गीतहरु अलि बढी बजारमा आउँथे तर अहिले शून्य अबस्था छ त्यसको कारण पनि हो । तर मलाई त्यस्तो लाग्दैन मेरा गीतहरु बजारमा आइरहेका छन् ।
किरण जी तपाई त लोकगीतको क्षेत्रमा प्रबेश गरेको पनि एक दशक पुगिसकेछ । विगत देखि हाल सम्मको अनुभव कस्तो भईरहेको छ ?
- संगितलाइ बुझ्ने कोशिश गर्दैछु । संघर्ष गरिरहेको छु । पहिलाको भन्दा आज, आज भन्दा भोलि गीत संगित प्रबिधिको बिकास संगै रेकर्डिङको हिसाबमा नयाँपन थपिदैं     गैरहेको छ ।
अब तीज पनि नजिकिंदै छ यसपालीको तीजमा दर्शक र स्रोताको माझ केही गीत ल्याउने सोचमा हुनुहुन्छ ?
- मैले यसपालिको  तीजमा  जम्मा ७ वटा गीत दर्शक तथा स्रोताहरुलाई पस्कने जमर्को गरेको छु । जसमा जालैमा परि, माईती घरको माया, साली भेना, मनको गीत गाईयो, म तिम्रै हैनर, गफ गरम जस्तो भो र छैन पैसा लगायतका गित बजारमा आउदैछन् ।
अन्त्यमा, नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा बढ्दै गएको अस्वस्थ प्रर्तिस्पर्धा, बिकृति र बिसंगतीले सदिर्यौ देखिको लोकगीतको मौलिकतालाई धरापमा पारिसकेको छ । के यस्तो अवस्थाबाट आगामी दिनमा लोकगीतको मौलिक पहिचान र संस्कृतिलाई बचाई राख्न सकिएला ?
- हेर्नुहोस जुनसुकै पाटोमा दुइवटा पाटो हुने गर्दछन् । एउटा सकारात्मक अर्को     नकारात्मक पक्ष नै हो ।  । हाम्रो लोकगीत संगितमा पनि राम्रो र नराम्रो पक्ष दुई वटै अबश्य छ । नराम्रो पक्षलाई हामी सबै मिलेर निर्मुल पार्नुपर्छ । बिशेष त श्रोता दर्शक को हातमा हुन्छ उहाँहरूले राम्रो नराम्रो छुट्याउनु पर्छ अनि नराम्रो पक्ष आफै पाखा लाग्छ । सस्तो लोकप्रियताको लागि बिकृती ल्याउनेहरु खहरेको भेल झैँ एक छिन आउँछन्  जान्छन् तर राम्रो किसिमले आउनेहरु सधैं श्रोता दर्शकको मन मस्तिष्कमा रहिरहनु हुनेछन् । अर्को कुरा हामीले मौलिक लोक गीतहरुलाई संरक्षण गरेर राख्नु पर्छ । प्रत्येक श्रष्टा सर्जकले एक वटा भएनी आफ्नो भेक तिरको मौलिक गित रेकर्ड गर्नुपर्छ । जस्तैः देउडा, टप्पा, सिंगारु, पैंसेरु, कौडा, सालैजो, ठाडो भाका, मारुनी आदि हाम्रा मौलिक गीतको संरक्षण हुनुपर्छ । अनि हाम्रो मौलिकपन संस्कृती बचिराख्ने छ ।

No comments:

Post a Comment