Pages

Wednesday, March 1, 2017

महोत्सवमा चार करोडको व्यापार


साथमा फोटो फिचर 
प्रवीर ददेल
फागुन १७, रुकुम ।
जिल्ला सदरमुकाम मुसिकोटमा सञ्चालनमा रहेको मध्यपश्चिम रुकुम महोत्सवको सातौ दिनमा चार करोड बढीको  व्यापार भएको छ । रुकुम उद्योग वाणिज्य संघ रुकुमले  आयोजना गरेको मध्यपश्चिम रुकुम महोत्सवको छैटौ दिनमा  चार करोड रुपैयाँ भन्दा वढीको  व्यापार  भएको रुकुम उद्योग वानिज्य संघ रुकुमले जानकारी दिएको छ ।
रुकुम उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक टेकबहादुर पुनले भने,  ‘सातौ दिनसम्म  झण्डै   चार करोड रुपैयाँ भन्दा बढीको  व्यापार भएको छ ।’  उनका













अनुसार – ‘रुकुम महोत्सवमा विशेषगरी  राडिपाखी तथा घरेलु सामाग्रीहरु  विक्री वितरण बढी रहेको जनाएका छन् ।’
त्यस्तै कृषि तथा जडिवुटी र अल्लो धागोले बनेका कपडाहरुको  साथै दैनिक उपभोग्य सामाग्रीको समेत कारोबार राम्रो भएको  रुकुम महोत्सवका प्रचार प्रसार विभाग प्रमुख दिपकराज खड्काले जानकारी दिएका छन् । सातौ दिन सम्म रुकुम  महोत्सवमा झण्डै ३० हजार दर्शकले अबलोकण गरेको मध्यपश्चिम रुकुम महोत्सव  संचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार महोत्सवमा  हाल सम्म झण्डै ३० लाख रुपैयाँ बराबरको टिक विक्री भएको छ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले रमाईलो बनाईरहेका छन् । विशेषगरी राजु परियार, भुमिका गिरी, ज्योति मगर, कमल गाउँले लगायत पुलिस क्लवका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिईरहेका छन् ।
महोत्सव आगामी फागुन २१ गते सम्म सञ्चालन हुने छ । “कृषि, जडिवुटी, पर्यटन, संस्कृति, सूचना प्रविधी, उद्योग र व्यापार, समृद्ध तथा स्वाधिन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार” भन्ने नारा सहित रुकमुको टुडिखेलमा सञ्चालन भएको छ । महोत्सबाट रुकुमको जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषि उत्पादन बस्तुको बजारीकरण गर्ने लक्ष्य रहेको छ । भने महोत्सवमा झण्डै १५ करोड रुपैयाँ बराबरको व्यापार गर्ने लक्ष्य राखिएको छ ।


No comments:

Post a Comment