रेखदेख संवाददाता
चैत ५ रुकुम ।
डर त्रासले भोट नदिन नेपाली कांग्रेस रुकुमका नेताहरुले मतदातालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस छिवाङ्गले आयोजना गरेको वृहत भेला कार्यक्रममा बोल्ने बक्ताहरुले अब डरले नभएर रहरले आफ्नो नेता छान्न मतदातालाई आग्रह गरेका हुन् ।
शनिवार मुसिकोट नगरपालिका वडा नं १३ र १४ को वृहत भेलालाई सम्बोधन गदै नेपाली कांग्रेसका शिर्ष नेताहरुले यस्तो धारणा राखेका हुन् । पूर्व राज्य मन्त्री गोपाल जि जंङ्ग शाहले जनताको भावना बुझ्ने नेपाली कांग्रेसलाई भोट दिन आग्रह गरेका छन् । कुनै वेला डर र त्रास देखाउदै भोग मागे अब त्यस्तो हुनेवाला छैन, पूर्व राज्यमन्त्री शाहले भने । त्यस्तै पूर्व सहायक मन्त्री केशरमान रोकाले नेपाली २००७ सालदेखी जनताको पक्षमा लड्दै आएको कांग्रेस विना देश र गाउँको विकास सम्भव नभएको बताए । नेपाली कांग्रेस रुकुमका सभापती प्रेमप्रकाश ओलीले कांग्रेस शान्तिको विकासको पक्षमा रहेको जनाएको छन् । उनले भने, ‘नेपालमा राजतन्त्र, गणतन्त्र, संघियता, संविधान निर्माण जस्ता महत्वपूर्ण परिवर्तन कांग्रेसको नेतृत्वमा भएको छ, अव संविधान कार्यान्वयनको जिम्मा पनि कांग्रेसलाई दिन आग्रह गरेका छन् । बृहत भेला कार्यक्रमा नेपाली कांग्रेस रुकुमका निवर्तमान सभापती मानबहादुर नेपाली, नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोका, कांग्रेस रुकुमका सचिव भिमबहादुर खड्का, कोषाध्यक्ष मोहबीर खड्का, सदस्य गोरखबहादुर केसी, मुसिकोट नगर सभापति महेन्द्र केसी, महिला संघ रुकुमकी सभापति मनिषा भण्डारी, महिला संघ रुकुम क्षेत्र नं २ कि सभापति सुशिला गिरी, महाधिवेशन प्रतिनिधी, राजु केसी, मनमोहन शाह, रुकुम उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुनलगायतले मन्तव्य राखेका थिए । नेपाली कांग्रेस छिवाङ्ग गाउँ सभापती टीकाराम ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तरुणदल रुकुमका उपाध्यक्ष यज्ञबहादुर विष्टले गरेका थिए । नेपाली कांग्रेसको बृहत कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र त्यागेर झण्डै एक दर्जन बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।
आगलागी पीडितलाई सहयोग
नेपाली कांग्रेस मुसिकोट नगरपालिका १३ र १४ को वडा भेला कार्यक्रममा आगलागी पीडितलाई सहयोग गरिएको छ । तत्कालिन छिवाङ्ग गाविस वडा नं ९ का आगलागी पीडित तुलबहादुर ओलीलाई आर्थिक सहयोग गरिएको हो । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी राजु केसीले ५ हजार, नेपाली कांग्रेस रुकुमका कोषाध्यक्ष मोहबीर खड्काले २ हजार, नेपाली कांग्रेस रुकुमका सदस्य गोरखबहादुर खत्रीले १ हजार, तरुणदल रुकुमका उपाध्यक्ष यज्ञबहादुर विष्टले १ हजार र महिला संघ रुकुम क्षेत्र नं २ कि सभापती शुसिला गिरीले ५ सय रुपैयाँ गरी जम्मा ९ हजार ५ सय रुपैयाँ सहयोग गरिएको हो । सहयोग रकम पाएपछि आगलागी पीडित ओलीले खुसी व्यक्त गरेका छन् ।
No comments:
Post a Comment