Pages
▼
Thursday, March 23, 2017
चुनाव आ- आफ्नै पक्षमा पार्ने कसरत
प्रविर ददेल
चैत १० रुकुम ।
सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै स्थानीय निर्वाचनको चर्चा चल्न थालेको छ । प्रमुख तीन राजनीतक दलहरुले रुकुमको गाउँ गाउँमा चुनावी अभियानलाई तिव्र बनाउन थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीयतह सम्म चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रम तथा सभा सम्मेलन समेत गरिरहेका छन् ।
रुकुमका ९ वटा स्थानीय तहमा आफ्नो पार्टीको पक्षमा निर्वाचन बनाउन प्रमुख तीन राजनीतिक दलहरु सक्रिय हुन थालेका छन् । विशेषगरी नेपाली कांग्रेस रुकुम जिल्लामा द्धन्दको कारण गुमेको आफ्नो अस्थित्व फर्काउने पक्षमा देखिन्छ । उसले जस्तो सुकै हालतमा पनि रुकुमका स्थानीय तहमा आफ्नो बस्र्चव कायम बनाउन पहल गरेको नेपाली कांग्रेसले स्रोतले जनाएको छ । त्यस्तै नेकपा एमाले रुकुमले रुकुम जिल्लामा कांग्रेस र माओवादीको बस्र्चवलाई कमजोर बनाई आफ्नो पक्षमा चुनावी परिणाम पार्ने कसरतमा देखिन्छ । भने माओवादी केन्द्र रुकुम जिल्लालाई आफ्नो लालकिल्ला कायम राख्न कसरतमै छ । भने नयाँ शक्ति नेपाल पार्टीले समेत आफ्नो गतिविधी वढाएको छ । नयाँ शक्ति रुकुमले समिकर गरेर भएपनि स्थापित हुनेपक्षमा छ । उता विप्लव र बैद्य माओवादीले भने रुकुममा शसक्त ढंगले स्थानीय निर्वाचन वहिष्कार गरेर जनता आफ्नो पक्षमा रहेको देखाउन पहल गरिरहेको छ । रुकुमेली जनता भने सरकारले स्थानीय निर्वाचनको घोषणा र स्थानीय तहको कार्यान्वय गरेसँगै उत्साहित देखिन्छन् । नेपाल सरकारले फागुन २७ गते देखि तत्कालिन पुराना संरचना गाविस भंगगरेसँगै गाउँ गाउँमा वडापालिका, गाउँपालिका र नगरपालिका धमाधम खुलिरहेका छन् । कतिपय स्थानमा केन्द्र र नामको बारेमा समेत देखिएको छ । भने राजनीतिक दलहरुले समेत वडापालिका, गाउँपालिका र नगरपालिका स्तरका आफ्ना संगठन निर्माण गरिरहेका छन् ।
कस्तो होला चुनाव
रुकुममा चुनाव शान्तिपूर्ण हुनसक्छ । किनकी मधेसीदलको प्रभाव रुकुममा छैन् । तर विप्लव र बैद्य माओवादीका कारण केही स्थानमा असहज पनि हुन सक्छ । विप्लव माओवादीका एक नेताले चुनाव सशक्त ढंगले वहिष्कार गर्ने रणीतिक योजना बनाईरहेको बताए । तर त्यस बारेमा प्रष्ट भने बोलेका छैन् । विप्लव माओवादीको रणनितिक योजना कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी छ । उता गाउँपालिकाको केन्द्र तकसेरा नभएको भन्दै तकसेराबासी यस अघिनै असन्तुष्टि व्यक्त गरिरहेका छन् । एक जना तकसेराबासीले सामाजिक सञ्जाल फेसबुकमा केही दिन अगाडि तकसेरावासीले स्थानीय तहको चुनाव बहिष्कार गर्ने सार्वजनिक गरेका थिए ।
तर त्यो तकसेराबासीको आधिकारीक धारणा भए नभएको भने खुलेको छैन् । उता स्थानीय निर्वाचन र यार्सा सिजन एउटै समयमा छ । पूर्वी रुकुमका एक दर्जन वढी गाविसका जनताको आय आर्जनको मुख्य स्रोत बहुमुल्य जडिवुटी यार्सा खोज्नु भएका कारण यसले स्थानीय चुनावलाई फरक पार्ने वा नपार्ने राजनीति दलको गतिबिधीले निर्धारण गर्ने देखिन्छ ।
भुमिका खोज्दै शिर्ष नेता
रुकुममा ९ स्थानीय तह कायम भएसँगै पार्टी भित्र र बाहिर उम्मेद्धारको चर्चा चल्न थालेको छ । यद्यपी रुकुमका कुनैपनि पार्टीले उम्मेद्धारीको टुंगो भने लगाएको छैन् ।
नेपालको संविधानमा स्थानीय तह वडापालिका, गाउँपालिकका र नगरपालिकाका प्रमुखहरु अधिकार सम्पन्न हुने जनाएँसगै जिल्ला देखी गाउँ तह सम्मका नेताहरु समेत सल वलाउन थालेका छन् । रुकुमका ९ स्थानीय तहमा तीन राजनीतिक दलका सम्भावित उम्मेद्धारको विवरण रेखदेखले प्रस्तुत गरेको छ । तीनै दलका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुपनि आफ्नो भुमिका कहाँ हुने भन्ने विषयमा सोचिरहेको पार्टी स्रोतहरुले बताएको छ ।
कतिपय निजामती तथा शिक्षक सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि सेवाबाट राजिनामा दिएर स्थानीय चुनावमा उम्मेद्धार बन्न सक्ने जनाएको छ ।
१ सय चार स्थानमा मतदान केन्द्र
जिल्ला निर्वाचन कार्यालय रुकुमले स्थानीय तहको चुनावको लागि १ सय ४ स्थानमा मतदान केन्द्र तोकेको छ । जिल्ला स्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको विहीबार बसेको बैठकले गाउँपालिका र नगरपालिकाका वडापालिकामा केन्द्र बनाउन गरी १ सय ४ स्थानमा निर्वाचन केन्द्र प्रस्ताव गरी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिएका छन् । उनले भने प्रत्येक वडा केन्द्रमा निर्वाचन केन्द्र हुने गरी प्रस्ताव निर्वाचन आयोगमा पठाएको छ ।
No comments:
Post a Comment