Pages

Wednesday, April 26, 2017

स्थानीय सरकार चलाउनु कथित जनसत्ता चलाए जस्तो हैन

वैशाख ३१ गते नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन हुने भएको छ । रुकुम जिल्लामा क्रियाशिल राजनीतिकदलहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्ने     कसरतमा छन् । नेपाली कांग्रेस रुकुम पनि द्धन्द्धसँगै गुमेको आफ्नो अस्तित्व फकाउने पक्षमा देखिन्छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसको तयारी तथा योजना र उम्मेद्वारी छनौटमा भएको ढिलाईको बारेमा नेपाली कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश सँग रेखदेख साप्ताहिकको लागि सम्पादक प्रविर ददेलले गरेको        कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

स्थानीय तहको चुनावलाई कसरी हुर्न भएको छ ?

(स्थानीय चुनाव मार्फत  स्थानीय सरकार  गठन हुने भएको कारण अत्यत्तै  महत्वपूर्ण र गम्वीरताका साथ हेरेका छौं । लामो समयपछि हुन थालेको स्थानीय चुनाव हामीले जनताको महोत्सवको रुपमा    हेरेका छौं ।  यसका साथै नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई अवसरको रुपमा लिएको      छ ।  
स्थानीय तहको चुनावको लागि कांग्रेसको तयारी कस्तो छ ?
(स्थानीय तहको चुनावको लागि कांग्रेसको व्यापक तयारी भएको छ । अहिले वडा, गाउँपालिका र  नगरपालिका उम्मेद्वारहरुको  सिफारिस भएर जिल्लामा आएको छन् । केही दिनमा जिल्लाले उम्मेद्वारको टुंगो लगाउने छ । भने चुनाव सम्वन्धी अन्य  सम्पूर्ण तयारी पुरा भएको छ । अबको केही दिनमै  गाउँ  कांग्रेसमय हुनेछ ।
नेपाली कांग्रेस रुकुमलाई  उम्मेद्वारी छनौटमा  सकस भएको देखिन्छ । उम्मेद्वारी छनौटमा ढिलाई भएन र ?
( खासै ढिला  भएको छैन् । किनभने नेपाली कांग्रेसको केन्द्रको सर्कुलर अनुसार पनि बैशाख ७ गते भित्र उम्मेद्वारको टुंग्याउन लगाउन हामीलाई निर्देशन दिएको थियो । त्यही अनुरुप हामीलाई वडा, गाउँ र नगरपालिकाबाट उम्मेद्वार सिफारिस भएर आएका छन् ।  बैशाख १० गते सम्म  कांग्रेसको उम्मेद्वारीको टुंगो लाग्ने छ ।  फेरी नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचनको लागि धेरै साथी सक्षम हनुहुन्छ । सक्षम भित्रबाट पनि  सक्षम उम्मेद्वार छनौट गर्ने छौं । उम्मेद्वार छनौट गर्ने जस्तो  प्राविधीक कुरा हतारमा गर्नु त्यति राम्रो हुदैन् । साथीहरुको लगनशिलता, मेहनत, लोकप्रियता, र पार्टीको योजना,  जनताको चाहाना अनरुपका उम्मेद्वार छनौट गर्न हामी लागि रहेका छौं । यसलाई ढिलो भन्न सकिदैन् । भने हामीलाई उम्मेद्वार छनौट गर्न कुनै सकस छैन् । अन्य पार्टीहरुपनि उम्मेद्वार छनौटको प्रक्रियामा छन् ।
रुकुम जिल्लाको सन्र्दभमा स्थानीय चुनावलाई लक्षित गरेर कांग्रेस एमालेबीचमा चुनावी    समिकरणको हल्ला सुन्नीछ । कहाँ पुग्यो समिकरणको योजना ?
( हल्ला त के हुुन्छ के हँदैन्  त्यो हामीलाई थाहा छैन् । स्थानीय जनता समक्ष कांग्रेसको योजना लिएर वडा, गाउँपालिका र नगरपालिकामा जान हामीलाई कुनै संकोच छैन् । नेपाली कांग्रेस एक्लै चुनावमा प्रतिस्प्रर्धा गर्न सक्दछन् । तर पनि स्थानीय स्तरका कांग्रेस र एमालेका कार्यकर्ताहरु मिलेर जानुहुन्छ भने वेग्लै कुरा हो । हैन भने हामी यस विषयमा अल्मलिने विषय नै हैन् । ६४  र ७० को  संविधानसभाको चुनावमा हामी एक्लै लड्ेका हौं । तर त्यसवेलाको  परिस्थितीमा माओवादीले धेरै ठाउँमा धाँधली ग¥यो । मतदान केन्द्र कव्जा गरे त्यसको कारणले हामी दोस्रो भएका हौं।  तर पछिल्लो अवस्थामा रुकुमका जनताहरुले माओवादीहरुलाई                राम्रोसँग बुझेका छन्, चिनेका छन् र  नजिकबाट उनीहरुका क्रियाकलापहरु भोगेका छन् । स्थानीय सरकार चलानु भनेको  द्धन्दको क्रममा कथित  जनसक्ता चलाएर जस्तो हैन् । रुकुमेली जनताहरुले माओवादीका कारण धेरै दुःख भोगेका छन् । माओवादीको भन्ने र गर्ने क्रियाकलापमा फरक भएकै कारण पछिल्लो समय कमजोर भएको छ । अब झुठा आश्वासन बाँडेर रुकुमेली जनता झकिदैनन् । माओवादीसँग प्रतिस्प्रर्धा गर्न नेपाली कांग्रेस कसैसँग मिल्नु पर्ने आवश्यक छैन् ।
रुकुम जिल्लाका ९ स्थानीय तहमा कांग्रेसको जीत कहाँ कँहा देख्नु हुन्छ ?
( कांग्रेसको सबै गाउँपालिका र नगरपालिकामा राम्रो अवस्था छ । अझै भन्दा मुसिकोट आठविसकोट र चौरजहारी  नगरपालिका कांग्रेसको पक्षमा अत्यन्तै राम्रो अवस्था छ । यो सँगै । त्रिवेणी गाउँपालिका र  बाँफिकोट गाउँपालिका हाम्रो पक्षमा देखिन्छ । यसका साथै पछिल्लो समयमा पुथा उत्तरगंगा गाउँपालिका, भुमे गाउँपालिका, सानीभेरी गाउँपालिका, सिस्ने गाउँपालिकामा कांग्रेस पहिले भन्दा सुधार भएको छ । अहिले नै यति नभनौ रुकुम जिल्लाको धेरै स्थानमा कांग्रेसको जीत हुन्छ । त्यो जीत भनेको रुकुमेली जनताको जीत हो ।
रुकुम जिल्लाका धेरै स्थानमा कांग्रेसको जीत हुने  आधार के हो ?
(पहिले नै रुकुम जिल्ला कांग्रेसको किल्ला हो । यो सबैलाई जानकारी भएको कुरा हो । पछिल्लो समय माओवादीले  डर, त्रास र धम्की दिएर  रुकुमेली जनताहलाई दुःख दिइएको यर्थातता हामी माझ छ । अर्को धाँधली गरेर, मतदान कव्जा गरेर संविधान सभाको चुनाव जितेको      कुरा पनि सबैलाई जानकारी छ । तर अहिले समय फेरिएको छ । अब धम्की दिएर भोट पाउँने दिन गए । शान्ति र धाँधली रहीत चुनाव भएमा रुकुम जिल्ला फेरी कांग्रेसको किल्ला हुन्छ । नेपाली कांग्रेस जनताको लोकप्रिय पार्टी भएका कारण रुकुमको समृद्धि कांग्रेसको नेतृत्वमा हुने कुरा रुकुमेली जनताले बुझी सकेका छन् ।
रुकुम जिल्लाको समृद्धिका कुरा गर्नु भयो ।  नेपाली कांग्रेससँग रुकुम जिल्लाको विकास र समृद्धिका योजना के छन ?
( नेपाली कांग्रेससँग रुकुम जिल्लाको समृद्धिको लागि ठोस नीति र कार्यक्रम रहेको छ । नेपाली कांग्रेसको मुख्य योजना भनेको  स्थानीय आवश्यकता  पहिचान गरी समस्याको हल गर्ने नै हो ।  जस्तोकी स्थानीय स्तरमा अझैपनि धेरै समस्या छन् (खानेपानी, विद्युत, सिँचाई, विद्यालय, मोटरबाटो, स्वास्थ्य लगायतका समस्याहरुले रुकुमेली जनताहरुलाई सताएको छ । जनताको जीवनसँग जोडिएको विषयहरुको पहिलो प्राथमिकताका साथ अगाडि वढ्न आवश्यकता छ । यसका साथै रुकुम जिल्लाको वेरोजगार समस्यालाई हल गर्न उद्योगधन्दा कलकारखा स्थापना गर्नुपर्दछ । रुकुम जिल्लामा जल, जमिन, जडिवुटी, बीउविजनको राम्रो सम्भावना छन् । यसको सही रुपमा सदुपयोग हुन सकेको छैन् । यसलाई सहि रुपमा प्रयोग गर्न सके रुकुम जिल्लाको समृद्धितर्फ लम्कीने छ । जसले जिल्लाको विकास र पर्यटनको क्षेत्रमा समेत सुधार आउने छ ।  जसबाट वेरोजगारीले रोजगारी पाउने छन् । भने रुकुम जिल्लाको समृद्धितर्फ लम्कीने छ ।
अत्यमा सम्पूर्ण रुकुमबासी मतदाताहरुलाई के भन्न चाहान्छ ?
(सम्पूर्ण रुकुमेली मतदातालाई म के भन्न चाहान्छु भने  विगतको द्धन्दको अवस्थालाई फर्केर  हेरौं । माओवादी केन्द्रका नेताहरुले दिएका आश्वासन सम्झीयौं । उनीहरुले देखाएका सपना सम्झीयौं । अब नेपालबाट माओवादी पतनको दिशामा छ । रुकुमेली जनताले पनि बुझे्न    जरुरी छ ।  हिजो सँगै लडेका बाबुराम माओवादीमा किन रहन सकेन्, त्यस्तै मोहन वैद्य, किन रहन सकेन् । रुकुम जिल्लाकै कुरा गर्ने हो भने पनि धेरै माओवादी केन्द्रका बरिष्ठ  नेताहरु पार्टी छोडेर अन्य पार्टीहरुमा प्रवेश गरेका छन् । कतिपय नेता निष्कृय भएर बसेका छन् । यस्तो अवस्थालाई सम्झीएर बुझेर आफ्नो अमुल्य मत  कांग्रेसलाई दिनुहोस् । नेपाली कांग्रेसको जीत भनेको सम्पूर्ण रुकुमेलीको जीत हो । त्यसपछि रुकुम जिल्लाको समृद्धिका लागि सँगै मिलेर काम गरौं जसबाट  रुकुम जिल्लाको  मुहार फेरिने छ ।

ओलीसँग रेखदेख साप्ताहिकको लागि सम्पादक प्रविर ददेलले गरेको   कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

No comments:

Post a Comment