प्रवीर ददेल
जेठ १ रुकुम । रुकुमका मतगणना जारी रहेको छ । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन मतगणना जारी रहेको हो । जस अन्र्तगत मुसिकोट नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । भने सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको मुख्य निर्वाचनको कार्यालय रुकुमले जानकारी दिएको छ ।
मुख्य निर्वाचन कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको १, २ र ३ वटामा कांग्रेस विजयी भएको छ । भने सानीभेरी गाउँपालिकाको १,२, ३, ४, ६र ७ वटा वडामा एमाओवादी विजयी भएको छ । त्यस्तै बाँफीको गाउँपालिका १ र चौरजहारी नगरपालिका १४ मा पनि माओवादी केन्द्र विजयी भएको जिल्ला निर्वाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार–‘ विजयी भएका अधिकास वडाहरुमा प्यानल नै विजय भएको छ ।’ भने मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ । रुकुमको अधिकास वडा तथा गाउँपालिका र नगरपालिकामा मतगणना भएपनि कसैको जित हात पार्न सकेका छैनन् ।
प्रदेश नं. ६ अन्र्तगतका ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा शनिवार मतदान भएको थियो । मतपेटीका गाउँपालिकाको केन्द्रमा ल्याएर मतगणना सुरु भएको हो । उता आठविसकोट नगरपालिकामा भने मतपेटीका ढुवानीमा समस्या भएपछि मतगणना सुरु भएको छैन् । शनिवार भएको स्थानीय तहको चुनावमा रुकुममा झण्डै ७६ प्रतिसत मत खसेको थियो । प्रदेश नं. ५ मा परेका रुकुमका ३ गाउँपालिका सिस्ने, पुथा उत्तरगंगा र भुमे गाउँपालिकामा दोस्रो चरणको चुनाव हुने छ । पहिलो चरणको चुनावमा रुकुमका ८ राजनीतिक दलहरुले भाग लिएका थिए । भने ७७ हजार ४ सय ५१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।
मुसिकोटमा सबैको ध्यान
मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा सबैको ध्यान गएको छ । रुकुम जिल्लाको केन्द्र विन्दुको रुपमा रहेको मुसिकोट नगरपालिकामा सबैको चासो वढेको हो । माओवादी केन्द्रले आफ्नो आधार ईलाका मान्दै आएको रुकुम जिल्लाको मुसिकोट नगरपालिकाका ३ वटा वडाहरुमा कांग्रेस विजयी भएपछि स्थानीयको चासो वढेको हो । मुसिकोटमा नेपाली कांग्रेका प्रमुख र उपप्रमुखको अग्रता देखिएको छ । भने चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ । त्यस्तै वाफिकोट गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रतिस्प्रर्धा भई रहेको जनाएको छ ।
No comments:
Post a Comment