चैत ३, रुकुम । रुकुमको एक सामुदायीक विद्यालयलाई राजनैतिक विवादमा फसाएर जिल्ला शिक्षा अधिकारी रातारात सरुवा भएका छन् । रुकुमको जेठो विद्यालय मुसिकोट स्थित श्री त्रिभुवन जनता उच्च माद्यामिक विद्यालयलाई विवाद फसाए जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे ललितपुर जिल्ला सरुवा भएका हुन । उनले एउटै विद्यालयमा नियम विपरित दुई प्रमुखको जिम्मेवारी तोकेर रातारात सरुवा भएपछि विद्यालयमा को प्रमुख भन्ने विषयमा विवाद मच्चीएको छ ।
गत भदौ २७ गते विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार असोज २४ गते विद्यालयका शिक्षक डम्वरबहादुर खड्कालाई नि. प्राचार्य तोकेर बैक खाता खोल्ने अनुमति दिएका जिशिअ घिमिरेले आफ्नै निर्णयलाई उल्टाउदै फागुन २ गते विद्यालयकै हरिप्रसाद खनाललाई रातारात नि.प्र.अ. जिम्मेवारीको पत्र थमाई भागेपछि विद्यालयमा विवाद मच्चिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर देवकोटाले जानकारी दिएका छन् । उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले ४५ दिने नि.प्र.अ.लागि शिक्षकहरुबाट प्रस्तावना आवेदन माग गरेको र छिट्टै परिक्षा बनाएर तोक्ने प्रक्रिया चलाइरहेको बेला नियम विपरित जिम्मेवारी तोकेर जिशिअ भागेपछि विद्यालयमा समस्या भएको जनाएका छन् ।’ भने प्रस्तावना पेश गरेका शिक्षकहरु अच्चममा परेका छन् ।
यस अघि निमित्त प्र.अ.को जिम्मेवारी सम्मालेका शिक्षक प्रजित रावलको निधन भएपछि विद्यालयमा शिक्षकहरु बीच छलफल बनाई नि.प्र.अ. छनौट प्रक्रिया चलिरहेको थियो, जिशिअ घिमिरेले रातारात खनाललाई जिम्वेवारी दिएर विद्यालयलाई विवादमा फसाएको जनाएको छ ।
को हुन जिशिअ निर्मलकुमार घिमिर
जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे एमाओवादी निकट कर्मचारी हुन । यस अघि अहिलेका शिक्षा मन्त्रि गिरीराजमणी पोखरेल स्वास्थ्यमन्त्री हुँदा पिए भएका उनी राजनैतिक पहँुच र प्रभावको दुरुपयोग गरी रहेको खुलेको छ । उनी राजनीतिक आडमा नियम विपरित काम गर्ने जिशिअ रुपमा चित्रण गरिन्छ ।
उनी रुकुम सरुवा भएर पुग्दा नपुग्दै सरुवा लागि नेताको घरदैलो पुग्ने गरेको र त्यही अनुसार ललितपुर जिल्लामा सरुवा भएको जनाएको छ । सामान्यतया जिशिअ एउटा जिल्लामा एक वर्ष बस्नेपर्ने नीति भएपनि उनी रुकुमबाट ५ महिनामै सरुवा भएका छन् । रुकुम जिल्लामा १ महिना समेत नियमित हाजिर भएन् । सधै काठमाण्डौं धाउने राजनैतिक शक्ति र पहँुचको प्रभावमा रहेका उनी राजनैतिक दवावमा आफनै निर्णय विपरित नि.प्र.अ.को जिम्मेवारी तोकेको जनाएको छ । हरिप्रसाद खनाल एमाओवादी शिक्षक संघ उपाध्यक्ष हुन । भने डम्वरबहादुर खड्का नेपाली कांग्रेस शिक्षक संघका पूर्व सदस्य हुन् ।
जिशिअ घिमिरेले विद्यालयलाई राजनैतिक रुपमा विवादमा फसाएपछि उनको रुकुममा चौतर्फी विरोध हुने गरेको छ । भने विद्यालमा अन्यौल सृजना भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । करिब ३ महिना देखि शिक्षकले तलव समेत नपाएको शिक्षकहरुले गुनासो गरेका छन् ।
अदालत मै पुग्यो विवाद
जिशिअ निर्मलकुमार घिमिरेले विद्यालयमा दुईजनालाई प्रमुख तोकेपछि विद्यालयको प्रमुखको विवाद अदालत पुगेको छ । विद्यालयका शिक्षक तथा पछिल्लो पटक नि. प्र.को नियूक्ति पाएका शिक्षक हरिप्रसाद खनाल आफुलाई विद्यालयका कामकाज गर्न नदिएको भन्दै न्याय खोज्न अदालत पुगेका हुन् । उनले श्री त्रिभुवन जनता उच्च माद्यामिक विद्यालय, विद्यालय व्यवस्थापन समिति र मुसिकोट नगरपालिका २ वस्ने त्रिभुवन जनता उच्च माद्यामिक विद्यालयमा कार्यरत शिक्षक तथा नि. प्रार्चाय डम्वरबहादुर खड्का विरुद्ध पुनरावेदन अदालत तुलसीपुर दाङमा निवेदन चढाएका छन् । उनले न्याय प्रशासन ऐन २०४८ को दफा ८ (२) बमोजिम अन्तरिम आदेश सहित निषेधाज्ञा, परमादेश समेत उपयुक्त आदेश जारी गरि पाउँ भन्न्े विषयमा निवेदन पत्र चढाएका हुन् । निवेदनमा आफुलाई विद्यालयमा नि.प्र.को रुपमा काम गर्न नदिएको व्यहोरा सहित ४ पेज लामो निवेदन पेश गरेका छन् । भने अर्का नि. प्रार्चाय खड्काले अदालत ४ गते बोलाएको प्रति लगाउने तयारी भएको जनाकाएका छन् ।
No comments: