
समाचार अनुसार प्रेमनगर बस्तीका परना समुदायका मानिसहरु आफ्नी बुहारीलाई यो काम परापूर्व कालदेखि गराउँदै आएका छन् । यो समुदायमा छोरीहरुको विहे पनि १२ देखि १५ वर्षको उमेर चाँडै गरिन्छ । त्यसपछि ससुरालवाला बुहारीलाई भित्र्याएर हरेक रातमा धन्धा गराउँछन् ।
वेश्यावृतिका धन्धा गर्नुको साथ(साथै बुहारीले घरको पुरै कामकाज पनि सम्हाल्छिन् । आफ्ना पति, सासु ससुरा, छोराछोरी र अन्यका लागि रातको खाना बनाइसकेपछि मात्रै ग्राहकलाई सन्तुष्ट पार्न घरबाट निस्कन्छन् र रातभरमा केही पुरुषको यौन प्यास मेटाएर फेरि घरको कामकाजमै खटिन्छन् ।
अर्को कुरा त के भने परना समुदायकी कुनै पनि बुहारीले यदि वेश्यावृतिको धन्धा गर्न मानिनन् भने उनलाई चरम यातना दिइन्छ । कैयौ पटक त वेश्यावृति धन्धामा जान नचाहने बुहारीको हत्या समेत गरिएको छ ।
No comments: