
बैषाख १ रुकुम । स्यालको टोकाईबाट रुकुमको आठविसकोट र आठविसडाँडागाउँमा १ दर्जन स्थानिय घाईते भएका छन् । घाईते हुनेमा आठविसकोट २ राडीका डिल वहादुर खत्री, कमल केसी, लोकेन्द्र केसी, मनोज शाही, मनिषा खड्का रहनुभएको छ ।
त्यस्तै घाईते हुनेमा आठविसकोट २ कै मान वहादुर वादी, नर वहादुर शाही र आठविसडाडाँगाउँ ४ का कृष्ण रोकाय पनि रहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज, प्रहरी निरिक्षक जिवन निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुशार घाईते हुने २ जनाको भने नाम खुल्न सकेको छैन् । स्यालले टोक्ने वित्तिकै उनिहरु भ्याक्सिन लगाउन जिल्ला स्वास्थ्य कार्यालयमा पुगेका कारण उनिहरुको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।
अन्य आठ जनाको भने आठविसकोटमै उपचार भएको छ । स्यालले १० जनालाई सोमवार एकै दिन टोकेको बताईएको छ । भटिएका जती सबैलाई टोक्दै हिड्ने उक्त स्याललाई आठविसकोट ६ मा स्थानियले मारेको प्रहरीले बताएको छ ।
स्यालले एउटा बंगुर र एउटा कुकुरलाई समेत टोकेको थियो । स्थानिय र पशुहरुलाई टोक्ने स्याल बौलाएको हुनसक्ने स्थानियले बताएका छन् ।
No comments: