Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » बालबालिकालाई ग्याजेट दिँदा सावधान


गर्भमा रहेका शिशुलाई थप खतरा

बालबालिकालाई ग्याजेट दिँदा सावधान
के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो हो भने तपाईंले सावधानी अपनाउनु आवश्यक छ । भर्खरै गरिएको एक अध्ययनमा ग्याजेटको अत्यधिक प्रयोग गर्ने बच्चाहरूको मस्तिष्कमा नकारात्मक असर पर्ने तथ्य पाइएको छ ।
मोबाइल, ल्यापटपलगायत ग्याजेटबाट निस्कने एक प्रकारको रेडिएशनले तिनीहरूको मस्तिष्कमा नराम्रो असर पर्ने उक्त अध्ययनले देखाएको हो । बच्चाहरूको दिमाग वयस्कको तुलनामा अति संवेदनशील हुन्छ । यस कारण वयस्कको तुलनामा बच्चाहरूमा यस्तो रेडिएशनले चाँडै र बढी असर गर्ने पनि पाइएको छ ।
जर्नल अफ माइक्रो स्कोपी एण्ड अल्ट्राष्ट्रक्चरमा छापिएको यो अध्ययनका अनुसार गर्भवती महिलाको पेटमा भएको बच्चालाई समेत त्यस्तो रेडिएशनले असर गर्छ । त्यसैले, अध्ययनले गर्भवती महिलाले आफ्नो खल्तीमा मोबाइल फोन राख्न नहुने देखाएको छ । किनभने, यसो गर्दा खल्तीमा रहेको मोबाइलले गर्भमा रहेको भ्रुणमा असर गर्ने बताइएको छ । गर्भमा रहेको शिशुले यस्ता रेडिएशन चाँडै ग्रहण गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । भ्रुण अवस्थामा रहेको शिशुको टाउकोको माथिल्लो भागको आकार वयस्कका तुलनामा पातलो र छोटो हुँदा तीव्र असर पुग्ने अध्ययनमा पाइएको छ । (एजेन्सी)

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply