प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्माणधिन ४ जलविद्युत आयोजनाबाट ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । जसमा पिपलनेटा लघु जलविद्युत आयोजना १७ किलोवाट, धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजना २० किलोवाट, पुतलीवास लघु जलविद्युत आयोजना १२ किलोवाट र छरीखोला पेल्ट्री सेट ५ किलोवाट क्षमता गरी खारा गाविसमा जम्मा ५४ किलोवाट विद्युत उत्पादन भएको गाविस सचिव रुद्र देवकोटाले वताए । उनले भने , झण्डै साढे २ करोडको लगानीमा ४ वटा लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएका छन् । जसमा रु १४ लाख ७२ हजार ३ सय ५३ रुपैँयाको लागतमा निर्माण भएको पिपलनेटा लघु जलविद्युत आयोजनाबाट २ सय २० घरधुरी लाभान्वित भएको छन् । त्यस्तै ४९ लाख ५८ हजार ८ सय १ रुपैँया लागतमा निर्माण भएको धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजनाबाट १ सय ९८ घरधुरी लाभान्वित भएका छन् । अनुदान रकम गरी ८७ लाख ९६ हजार ५ सय ९३ रुपैँयाको लागतमा निर्माण भएको पुतलीवास लघु जलविद्युत आयोजनाबाट १ सय २५ र रु १८ लाख ५७ हजार ५ सय २० रुपैँयाको लागतमा निर्माण भएको छरीखोला पेल्ट्री सेटबाट ३० घरपरिवार लाभान्वित भएको जनाएको छ । रुकुम उज्यालो कार्यक्रम अन्र्तगत ५४ किलोवाट क्षमताको विद्युत निर्माणको लागि रु १ करोड ७० लाख ८५ हजार २ सय ७१ रुपैया अनुदान दिएको थियो । भने खारवासीले रु ८७ लाख १ हजार १ सय ४६ रुपैया वरावरको जनश्रमदान गरेका थिए । ५४ किलोवाट विद्युत निर्माण गर्न करिव २ करोड ५७ लाख ८६ हजार तिन सय १७ रुपैया लगानी गरिएको रुकुम उज्यालो कार्यक्रमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: