प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्माणधिन ४ जलविद्युत आयोजनाबाट ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । जसमा पिपलनेटा लघु जलविद्युत आयोजना १७ किलोवाट, धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजना २० किलोवाट, पुतलीवास लघु जलविद्युत आयोजना १२ किलोवाट र छरीखोला पेल्ट्री सेट ५ किलोवाट क्षमता गरी खारा गाविसमा जम्मा ५४ किलोवाट विद्युत उत्पादन भएको गाविस सचिव रुद्र देवकोटाले वताए । उनले भने , झण्डै साढे २ करोडको लगानीमा ४ वटा लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएका छन् । जसमा रु १४ लाख ७२ हजार ३ सय ५३ रुपैँयाको लागतमा निर्माण भएको पिपलनेटा लघु जलविद्युत आयोजनाबाट २ सय २० घरधुरी लाभान्वित भएको छन् । त्यस्तै ४९ लाख ५८ हजार ८ सय १ रुपैँया लागतमा निर्माण भएको धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजनाबाट १ सय ९८ घरधुरी लाभान्वित भएका छन् । अनुदान रकम गरी ८७ लाख ९६ हजार ५ सय ९३ रुपैँयाको लागतमा निर्माण भएको पुतलीवास लघु जलविद्युत आयोजनाबाट १ सय २५ र रु १८ लाख ५७ हजार ५ सय २० रुपैँयाको लागतमा निर्माण भएको छरीखोला पेल्ट्री सेटबाट ३० घरपरिवार लाभान्वित भएको जनाएको छ । रुकुम उज्यालो कार्यक्रम अन्र्तगत ५४ किलोवाट क्षमताको विद्युत निर्माणको लागि रु १ करोड ७० लाख ८५ हजार २ सय ७१ रुपैया अनुदान दिएको थियो । भने खारवासीले रु ८७ लाख १ हजार १ सय ४६ रुपैया वरावरको जनश्रमदान गरेका थिए । ५४ किलोवाट विद्युत निर्माण गर्न करिव २ करोड ५७ लाख ८६ हजार तिन सय १७ रुपैया लगानी गरिएको रुकुम उज्यालो कार्यक्रमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
रेखदेख संवाददाता रुकुम । प्रधानमन्त्री शुशील कोइरालाले संविधानले देशको विकास निर्माणको ढोका खोल्ने जनाएका छन् । आदिवासी जनजाती कला सास्कृति...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
काठमाडौं । हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्...






No comments: