रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मृत्यु हुनेमा छिवाङ ८ रुकुमकी २८ वर्षकी जयपुरी खत्री रहेको जनाएको छ । शनिवार छिवाङखोला स्थित खेतमा धान रोप्न गई साझ घर फर्कर्ने क्रममा खोलामा एक्कासी वाढी आएपछि जयपुरी खत्रीलाई खोलाले वगाएको थियो । खोलाले मृतक खत्रीलाई करिब २ सय मिटर तल पु¥याएको जिल्ला प्रहरी कार्यालय रुकुमका इङलिसपेक्टर पुरन क्षेत्रीले जनाए । यस्तै शनिवार सानीभेरी नदिले बगाएका दुईजनाको उद्धार गरिएको छ । सानीभेरी नदिमा माछा मार्न गएका गरायला १ का ६० वर्षे दलबहादुर रोकाय र गरायला ३ का ४५ वर्षका रुपसिङ वि.क. लाई उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमकाबाट गएको प्रहरी टोली र स्थानीयको सक्रियतामा दुवै जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उद्धार गरिएका दुवै जनाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्के जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
रेखदेख संवाददाता रुकुम । प्रधानमन्त्री शुशील कोइरालाले संविधानले देशको विकास निर्माणको ढोका खोल्ने जनाएका छन् । आदिवासी जनजाती कला सास्कृति...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
काठमाडौं । हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्...






No comments: