प्रवीर ददेल
भदौ १३, रुकुम । बिकृति र कुंस्कार हटाउन रुकुमका बालक्लब सक्रिय भएका छन् । रुकुमको खोलागाउँ, सिम्ली, नुवाकोट, गरायलाका बालक्लव कुसंस्कार हटाउन सक्रिय रहेका हुन् ।
सेभ द चिल्डे«न आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा सञ्चालन गरिएको एकीकृत परियोजना अन्र्तगत गठन गरिएका बालक्लव गाउँ समाजमा विद्यमान विकृति र कुसंस्कार हटाउन सचेतनामूलक कार्यक्रम गरेका छन् । बालक्लवले गाउँमा विद्यमान रहेको जातीय छुवाछूत, महिला हिंसा, जुवातास र जाँडरक्सीले गाउँ समाजमा विकृति निम्त्याएको भन्दै सचेतनामूलक सडक नाटक मार्फत खबरदारी गरेको एकीकृत परियोजनाका कुवेर केसीले जानकारी दिएका छन् ।
उनले भने, ‘गरायलाको फुलबारी बालक्लवले छोरा छोरी बीचको विभेद, जाँड रक्सी विरुद्ध सडक नाटक गरेको हो । ’ भदौ १ गते प्रदर्शन गरिएको उक्त सडक नाटकको आर्थिक तथा प्राबिधिक सहयोग रुकुमेली समाज बिकास केन्द्रले गरेको थियो । भने फुलबारी बालक्लवका विद्यार्थीहरुलाई श्री सुर्योदय माध्यामिक बिद्यालय गरायला १ का शिक्षकहरुले सघाएका थिए । सडक नाटकको सहजीकरण रुकुमेली समाज बिकास केन्द्र रुकुमकी बाल संरक्षण फिल्ड सुपरभाईजर लक्ष्मी केसीले गरेको जनाएको छ ।
गरायलाको पेदी बजारमा सञ्चालित सडक नाटकमा स्थानीय बजार र आसपासका सयौ दर्शकहरुले अबलोकन गरेका थिए । उक्त नाटक सञ्चालनको अबसरमा सेभ द चिल्डे«नका जिल्ला कार्यक्रम संयोजक पुणम खड्का, रुकुमेली समाज बिकास केन्द्र रुकुमका बाल संरक्षण संयोजक कुबेर के सी, मिल अधिकृत ललितकुमार खड्का, बिकास अधिकृत बलबीर पुन स्थानीय प्रहरी चौकी प्रतिनिधीका साथै स्थानीय बुद्धिजिबीहरु समेतको सहभागीता रहेको थियो ।
कार्यक्रम पश्चात कार्यक्रममा उपस्थित सबैले छोरा र छोरी बीच बिभेद गर्न नहुने र जाँड रक्सी बिरुद्ध आवाज उठाउनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: