प्रवीर ददेल
भदौ १३, रुकुम । बिकृति र कुंस्कार हटाउन रुकुमका बालक्लब सक्रिय भएका छन् । रुकुमको खोलागाउँ, सिम्ली, नुवाकोट, गरायलाका बालक्लव कुसंस्कार हटाउन सक्रिय रहेका हुन् ।
सेभ द चिल्डे«न आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा सञ्चालन गरिएको एकीकृत परियोजना अन्र्तगत गठन गरिएका बालक्लव गाउँ समाजमा विद्यमान विकृति र कुसंस्कार हटाउन सचेतनामूलक कार्यक्रम गरेका छन् । बालक्लवले गाउँमा विद्यमान रहेको जातीय छुवाछूत, महिला हिंसा, जुवातास र जाँडरक्सीले गाउँ समाजमा विकृति निम्त्याएको भन्दै सचेतनामूलक सडक नाटक मार्फत खबरदारी गरेको एकीकृत परियोजनाका कुवेर केसीले जानकारी दिएका छन् ।
उनले भने, ‘गरायलाको फुलबारी बालक्लवले छोरा छोरी बीचको विभेद, जाँड रक्सी विरुद्ध सडक नाटक गरेको हो । ’ भदौ १ गते प्रदर्शन गरिएको उक्त सडक नाटकको आर्थिक तथा प्राबिधिक सहयोग रुकुमेली समाज बिकास केन्द्रले गरेको थियो । भने फुलबारी बालक्लवका विद्यार्थीहरुलाई श्री सुर्योदय माध्यामिक बिद्यालय गरायला १ का शिक्षकहरुले सघाएका थिए । सडक नाटकको सहजीकरण रुकुमेली समाज बिकास केन्द्र रुकुमकी बाल संरक्षण फिल्ड सुपरभाईजर लक्ष्मी केसीले गरेको जनाएको छ ।
गरायलाको पेदी बजारमा सञ्चालित सडक नाटकमा स्थानीय बजार र आसपासका सयौ दर्शकहरुले अबलोकन गरेका थिए । उक्त नाटक सञ्चालनको अबसरमा सेभ द चिल्डे«नका जिल्ला कार्यक्रम संयोजक पुणम खड्का, रुकुमेली समाज बिकास केन्द्र रुकुमका बाल संरक्षण संयोजक कुबेर के सी, मिल अधिकृत ललितकुमार खड्का, बिकास अधिकृत बलबीर पुन स्थानीय प्रहरी चौकी प्रतिनिधीका साथै स्थानीय बुद्धिजिबीहरु समेतको सहभागीता रहेको थियो ।
कार्यक्रम पश्चात कार्यक्रममा उपस्थित सबैले छोरा र छोरी बीच बिभेद गर्न नहुने र जाँड रक्सी बिरुद्ध आवाज उठाउनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
प्रशान्त बटाला आठविसडाडागाउँ गाउँलेको लगानीमा १२ किलोवाट क्षमताको विद्युत निर्माण भएको छ । आठविसडाडागाउँ १ का स्थानीयवासीले रु ३० लाख र...
-
प्रवीर ददेल कार्तिक १४, रुकुम । रुकुमबाट पहिलो पटक मिनी सुपर डिलक्स (हाईस) गाडि सञ्चालन हुने भएको छ । यात्रुहरुको आवश्यकतालाई मध्यनजर गरी ...
-
सम्पादकीय .. नेपाल अहिले महासंकटको बेलामा छ । कयँौ मानिसहरु बेपत्ता, घाईते र मृत्युको बाटो रोजेका छन् । कयाँै घर भत्केका छन् । अर्बौ सम्पत...
-
रुकुम । जिल्लामै पहिलो पटक क्रिकेट प्रतियोगिता हुने भएको छ । पछिल्लो समय क्रिकेटप्रति युवा पिढिको आकर्षण बढेको र जिल्लामा क्रिकेट ख...
-
१ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने ब...






No comments: