आगामी वैशाख १ देखी वैशाख ५ गते सम्म पूर्वी रुकुमको तकसेरामा हुन लागेको आदिवासी जनजाती सांस्कृतिक महोत्सवको सर्वाधिक राशिको खलकुद प्रतियोगिता हुने भएको छ ।
ईतिहास कला भाषा संस्कृति जनजातीको पहिचान ,कृषि पशुपालन जडीबुटि पर्यटन विकाशमा हाम्रो अभियान भन्ने मुरा सहित आयोजना हुने तकसेरा महोत्सवमा सर्वाधिक ठुलो राशिको पुरस्कार सहितका खेलकुद आयोजना गरिएको आदिवासी ,जनाजाती कला सांस्कृतिक महोत्सवका मुल आयोजक समितिका संयोजक पहलसिह घर्तिमगरले जनाएका छन् । उनका अनुसार राष्ट्रिय परुष तथा महिला भलिबल प्रतियोगिता, म्यारथन दौड, साढेँजुधाई, सास्कृतिक झाकिहरु प्रदर्शन लगायतका प्रतियोगिताहरु सञ्चालन गरिन छन् ।
जसमा पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख १० रुपैया रहेको छ । भने द्धितिय र तृतियलाई क्रमश ५० हजार र २५ हजार रुपैया प्रदान गरिने छ । त्यस्तै महिला राष्ट्रिय भलिबल प्रतियोगिताको राशी ५० हजार ३० हजार र २० हजार कायम गरिएको छ । भने महोत्सवमा प्रर्दशनी हुने झाकिहरुमध्ये सर्वउत्कृष्टलाई ५० हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । खेलकुद चैत २ गते देखि सञ्चालन हुने जनाएको छ ।

No comments:
Post a Comment