
प्रवीर ददेल
चैत २३, रुकुम । रुकुमका २१ शिक्षक जना शिक्षकले अख्तियारको फन्दामा परिने डरले एकै साथ राजिनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत शिक्षकहरुको प्रमाणपत्र खोज्न थालेपछि रुकुमका २१ जना शिक्षकले संयुक्त राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।
जिल्लामा नक्कली शिक्षकहरु रहेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षकहरुबारे अनुसन्धान थालेपछि प्राविका १५ जना , निमाविका ३ जना र माविका २ जना गरि २० जना शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय रुकुमका प्राविधिक सहायक सुदनराज वुढाथोकीले रेखदेखलाई जनाए । उनले भने, विशेषगरी अख्तियारको फन्दा परिने डर भएपनि कतिपयले स्वास्थ्यका कारण देखाउदै राजीनामा दिएका छन् ।
गत असोजमा नै आयोगले पत्र लेखी सबै शिक्षकको शैक्षिक प्रमाणपत्र, सुरुको नियुक्ति, हालको नियुक्ति, अध्ययन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, बढुवा प्रमाणपत्रलगायतका कागजपत्रको प्रतिलिपि यथाशीघ्र उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालयमा निर्देशन दिएको थियो ।
जिल्ला शिक्षा कार्यालय रुकुमका प्राविधिक सहायक वुढाथोकील अख्तियारको निर्देशनपछि २१ जनाको राजीनामा दिएका हुन् । जसमा ७ भन्दा वढी स्थायी शिक्षक रहेका छन् । छानविन हुने भएपछि शिक्षकहरुले राजिनामा दिएपछि राजिनामा दिनेहरुकै छानविन थालिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार संख्या अझै वढ्न सक्ने जनाएको छ ।
रुकुममा विशेषगरी शिक्षक अनुमती पत्र र नक्कली प्रमाण पत्र हुन सक्ने जिल्ला शिक्षाले जनाएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रमाणपत्र नक्कली भएको आशङ्कामा अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले शिक्षा कार्यालयलाई प्रमाणपत्र रुजु गर्न र छानबिन गर्न भन्दै निर्देशन दिएको थियो ।
No comments:
Post a Comment