Pages

Monday, March 16, 2015

रुकुममा अफिम खेती फडानी



रेखदेख संवाददात ।
स्यालापाखा वडा ३ र ४ का ६ घरपरिवारले  वारीमा लगाएको लागु औषध अफिम खेती प्रहरीले फडानी गरेको छ ।  जिल्ला सदरमुकाम  स्थित बिमान स्थल सुरक्षा गार्ड सल्लेको प्रहरी टोलीले शनिवार स्थानीयको सहयोगमा अफिम खेती नष्ट गरेको हो । अवैध अफिम खेती गरिएको सूचनाका आधारमा खटिएको प्रहरी स्यालापाखा  ३ र ४ वडाका ६ घरले करिव १० कट्ठा जग्गामा लगाएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरक्षक होमबहादुर थापाले जनाए । उनले भने, प्र.स.नि. उद्धव सिंह साँकीको नेतृत्वमा खटिएको प्रहरी अफिम खेती नष्ट गरेको हो । उक्त अफिम खेती गर्ने परिवारको वारेमा भने प्रहरीले सार्वजनिक गरेको छैन् । 

No comments:

Post a Comment